आईतवार, आश्विन २५,२०८३ 04:32:55
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 04:32:55
Bizshala
Global IME Bank Limited

सार्पको प्रिमियम फ्रन्ट लोड वासर नेपाली बजारमा सार्वजनिक

Bizshala
सार्पको प्रिमियम फ्रन्ट लोड वासर नेपाली बजारमा सार्वजनिक
New Office

काठमाण्डौ । जापानी प्रविधिको विश्वसनीय ब्रान्ड सार्प (SHARP) ले नेपाली बजारमा आफ्नो पहिलो प्रिमियम फ्रन्ट लोड वासर ‘Pro-WASH VIP 2026’ सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ। सन् १९९२ मा स्थापना भएको सार्पले ११४ वर्षदेखि विश्वभरका करोडौँ उपभोक्ताको मन जित्दै आएको छ।

यस नयाँ सिरिजसँगै सार्पले जापानी गुणस्तर, टिकाउपन, स्वच्छता र कपडाको विशेष हेरचाह सुनिश्चित गर्ने प्रविधि नेपाली घरधुरीमा पुर्‍याउने प्रतिबद्धता दोहोराएको छ । 

हाल नेपाली बजारमा स्मार्ट, स्वच्छ र टिकाउ घरायसी उपकरणको माग बढ्दै गएको पृष्ठभूमिमा, प्रो वास VIP सिरिजलाई उत्कृष्ट समाधानका रूपमा प्रस्तुत गरिएको कम्पनीको भनाई छ । यसमा अटो टब क्लिन, ब्रसरहित इन्भर्टर डीसी मोटर, १५ मिनेट क्विक वास, र डायमण्ड इनर टब जस्ता अत्याधुनिक सुविधाहरू समावेश छन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सार्प सिङ्गापुरका प्रबन्ध निर्देशक श्री वु कीट चिउले भने,‘सार्पमा हामी यस्ता आविष्कारहरू प्रदान गर्दछौं जसले मानिसको दैनिक जीवनसँग पूर्ण तादात्म्य राख्दछ। नेपालका लागि यो केवल प्रविधिको सुरुवात मात्र होइन, आज र आउने पुस्ताका प्रत्येक घरपरिवारलाई सहज बनाउने हाम्रो अटुट प्रतिबद्धता पनि हो।’

स्वच्छता र समय बचतलाई ध्यानमा राखेर तयार गरिएको यस वासरमा ‘अटो टब क्लिन’ प्रविधिले अन्तिम स्पिन चक्रमा डिटर्जेन्टको अवशेष र फोहोरलाई प्रभावकारी रूपमा हटाउँछ। साथै, १५ मिनेट क्विक वास सुविधाले व्यस्त जीवनशैली भएका प्रयोगकर्ताका लागि तुरुन्तै कपडा सफा गर्ने सुविधा प्रदान गर्दछ।

यस वासरमा प्रयोग गरिएको BLDC मोटरले कार्यक्षमता २०% बढाउँछ, ध्वनि कम गर्दै धुलाई शक्तिलाई प्रभावकारी बनाउँछ। १४०० RPM स्पिन गतिले कपडालाई छिटो सुकाउन मद्दत पुर्‍याउँछ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कपडाको गुणस्तर जोगाउन जायन्ट रिब्ड वेभ टब र डायमण्ड इनर टबको सतह प्रयोग गरिएको छ, जसले हातले धोएजस्तो ‘स्क्रमबिङ’ अनुभव दिन्छ र कपडाका रेशाहरूलाई सुरक्षित राख्दछ।

कम्पनीका अनुसार यो वासर ८ केजी, ९ केजी र १० केजी क्षमतामा नेपालभरका आधिकारिक डिलरमार्फत २०२६ जनवरीदेखि उपलब्ध हुनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.