आईतवार, फाल्गुन २४,२०८२ 03:15:19
Bizshala
  • आईतवार, फाल्गुन २४,२०८२ 03:15:19
Bizshala
Global IME Bank Limited

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारी दर्ताको समय लम्ब्याउने तयारीमा आयोग

Hyundai Nepal
प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारी दर्ताको समय लम्ब्याउने तयारीमा आयोग
Shivam Cement

काठमाण्डौ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समयसीमा बढाउने विकल्पमा निर्वाचन आयोग पुगेको छ । 

राजनीतिक दलहरूको दबाबपछि आयोगले मनोनयन दर्ताको अवधि केही दिन थप गर्नेबारे आन्तरिक छलफल अघि बढाएको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आयोगका एक अधिकारीका अनुसार निर्वाचनको समग्र कार्यतालिका भने यथावत् रहनेछ । “कार्यक्रम सार्ने कुरा छैन, तर मनोनयन दर्ताका लागि दलहरूलाई थप समय दिन सकिन्छ । औपचारिक निर्णय गर्न बाँकी छ,” ती अधिकारीले बताए ।

हालको तालिकाअनुसार माघ ६ गते उम्मेदवारी दर्ता हुनुपर्ने भए पनि अब आयोगले कम्तीमा दुई दिन थपेर माघ ८ गतेसम्म समय खुला राख्ने तयारी गरेको स्रोतले जनाएको छ ।

यसबीच नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले मनोनयन मिति सार्न आयोगलाई औपचारिक रूपमा आग्रह गरेको छ । आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई मान्यता दिएको निर्णयविरुद्ध उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् र सो रिटको प्रतिलिपिसहित आयोग पुगेर निर्वाचन कार्यक्रम स्थगनको माग गरेका हुन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

देउवा पक्षले आयोगको निर्णयलाई अवैधानिक र असंवैधानिक ठहर गर्दै अदालतले अन्तिम फैसला नगरेसम्म निर्वाचन प्रक्रिया अघि नबढाउनुपर्ने अडान लिएको छ । उनीहरूले उम्मेदवारी छनोट रोक्न, आयोगको निर्णय बदर गर्न, विशेष महाधिवेशनबाट बनेको कार्यसमिति खारेज गर्न र प्रतिनिधिसभा मनोनयनका लागि नयाँ मिति तोक्न परमादेश माग गरेका छन् ।

यस प्रकरणले प्रत्यक्षतर्फको उम्मेदवारी प्रक्रियामा अन्योल थपिएको छ । आयोगको निर्णय र सर्वोच्चको आदेशले निर्वाचनको दिशाबारे निर्णायक भूमिका खेल्ने देखिएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.