काठमाण्डौ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर–५ मा उम्मेदवार चयनमा ठूलो फेरबदल गरेको छ। पार्टीले यसअघि सिफारिसमा परेकी निवर्तमान केन्द्रीय सदस्य डा. आरजु राणालाई टिकट नदिने निर्णय गर्दै नरनारायण शाहलाई उम्मेदवार बनाएको हो।
कैलाली–५ बाट डा. राणासहित डिल्लीराम पन्त र नृपबहादुर ओड पनि उम्मेदवारका रूपमा सिफारिस भएका थिए। तर सभापति गगनकुमार थापाले अन्तिम निर्णय गर्दै सबै नामलाई पन्छाएर शाहलाई मैदानमा उतार्ने टुंगो लगाएका हुन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोलि (माघ ६ गते) उम्मेदवारी मनोनयन दर्ता हुने कार्यतालिका छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।