आईतवार, फाल्गुन ३,२०८२ 12:06:00
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 12:06:00
Bizshala
Global IME Bank Limited

रेशम चौधरीको उम्मेदवारी खारेज, कैलाली–१ बाट नाउपा संरक्षकको मनोनयन अस्वीकृत

रेशम चौधरीको उम्मेदवारी खारेज, कैलाली–१ बाट नाउपा संरक्षकको मनोनयन अस्वीकृत
Shivam Cement

कैलाली । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा) का संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज गरिएको छ। चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका थिए।

निर्वाचन अधिकृतको निर्णयअनुसार, पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको चौधरीको मनोनयनपत्र प्रचलित कानुनअनुसार कायम रहन नसक्ने देखिएकाले खारेज गरिएको हो। निर्णयमा कानुन बमोजिम प्रक्रिया अपनाइएको उल्लेख गरिएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

टीकापुर घटनासम्बन्धी मुद्दामा जन्मकैद सजाय पाएका चौधरीले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए। तर प्रतिनिधिसभा निर्वाचन ऐनले जन्मकैद सजाय पाएका व्यक्तिलाई उम्मेदवार हुन अयोग्य ठहर गर्ने व्यवस्था गरेको छ। यही कानुनी प्रावधानका कारण उनको उम्मेदवारी अस्वीकृत भएको हो।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि चौधरी बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। त्यतिबेला समेत उनको उम्मेदवारी खारेज भएको थियो र उनी कारागारमा थिए।

पछि सोही निर्वाचन क्षेत्रमा उनका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवार बनेका थिए। चुनावपछि लालवीर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए र हाल नाउपा नेपालमै आबद्ध छन्।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.