आईतवार, भाद्र २८,२०८३ 01:58:50
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 01:58:50
Bizshala
Global IME Bank Limited

राष्ट्रिय सभाको ठूलो दल बन्यो कांग्रेस, एमाले तेश्रोमा सीमित

राष्ट्रिय सभाको ठूलो दल बन्यो कांग्रेस, एमाले तेश्रोमा सीमित
New Office

काठमाण्डौ । आइतबार सम्पन्न १८ पदको निर्वाचनपछि राष्ट्रिय सभाको शक्ति सन्तुलनमा ठूलो फेरबदल आएको छ । 

निर्वाचन परिणामसँगै नेपाली कांग्रेस राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ भने नेपाली कम्युनिस्ट पार्टी दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा सीमित भएका छन् ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

निर्वाचनमा कांग्रेसका तर्फबाट ९ जना सदस्य निर्वाचित भएसँगै राष्ट्रिय सभामा कांग्रेसको सिट संख्या २५ पुगेको छ । यसअघि १६ सिटमा सीमित कांग्रेस थप ९ सिट जित्दै पहिलो ठूलो दलको हैसियतमा उक्लिएको हो ।

यससँगै यसअघि सबैभन्दा ठूलो दल रहेको तत्कालीन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी दोस्रो स्थानमा झरेको छ । नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभामा १८ सिटसहित दोस्रो ठूलो दलको हैसियतमा पुगेको छ ।

यता नेकपा एमाले भने ११ सिटसहित तेस्रो स्थानमै कायम रहेको छ । यसअघि पनि ११ सांसद रहेको एमालेका ८ सांसद बाहिरिए पनि आइतबारको निर्वाचनमार्फत ८ जनै थपिएपछि सिट संख्या यथावत् रहन पुगेको हो ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच चुनावी तालमेल भएको थियो । सोही तालमेलअनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट प्राप्त गरेका छन् ।

यसका अतिरिक्त राष्ट्रिय सभामा जसपा नेपालका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद कायम रहेका छन् । यद्यपि निर्वाचनपछि देखिएको नयाँ शक्ति समीकरण र दलहरूको बदलिएको हैसियतले आगामी फागुन २० पछि मात्र औपचारिक मान्यता पाउनेछ ।

संविधानअनुसार राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.