आईतवार, आश्विन २५,२०८३ 07:04:37
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 07:04:37
Bizshala
Global IME Bank Limited

स्लोभाकियाको बन्यो विश्वकै शीर्ष कार निर्माता, वार्षिक कति कार उत्पादन हुन्छ ?

Bizshala
स्लोभाकियाको बन्यो विश्वकै शीर्ष कार निर्माता, वार्षिक कति कार उत्पादन हुन्छ ?
New Office

काठमाण्डौ । युरोप एउटा सानो देश स्लोभाकिया विश्वकै शीर्ष कार निर्माता देश बनेको छ । स्लोभाकिया प्रति व्यक्ति कार उत्पादनको हिसाबले विश्वकै शीर्ष कार उत्पादक बनेको हो । चीनजस्ता ठूला औद्योगिक राष्ट्रहरूलाई उछिन्दै स्लोभाकियाले यो उपलब्धि हासिलज गरेको हो ।

केवल ५४ लाख जनसंख्या भएको स्लोभाकियाले वार्षिक करिब १० लाख कार उत्पादन गर्ने गर्छ । हिउँले ढाकिएका पहाडहरूबीच अवस्थित स्लोभाकियाको जिलिना नजिकै कियाको अत्याधुनिक कारखाना रहेको छ। करिब २.५ अर्ब युरोमा लगानीमा निर्माण गरिएको यस कारखानाले प्रत्येक मिनेट एक कार उत्पादन गर्दै स्लोभाकियालाई विश्व अटोमोबाइल उत्पादनको नक्सामा मजबुत रूपमा स्थापित गरेको छ। यहाँ ६९० वटा रोबोट र दक्ष मानव श्रमिकहरू मिलेर कच्चा धातुलाई आधुनिक सवारी साधनमा रूपान्तरण गर्छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

किया कारखानामा औसत मासिक तलब २ हजार ४ सय युरो रहेको छ, जुन लिथुआनियाको औसतभन्दा उच्च भए पनि युरोपेली संघको औसतभन्दा अझै कम छ।

स्लोभाकियाको अटोमोबाइल उद्योगले १९८९ को भेल्भेट क्रान्तिपछि तीव्र रूपान्तरण भोगेको हो। त्यसपछि फक्सवागनले स्कोडा अधिग्रहण गरेसँगै विदेशी लगानीको ढोका खुल्यो। हाल यहाँ फक्सवागन, स्टेलान्टिस, जगुआर ल्यान्ड रोभरजस्ता बहुराष्ट्रिय कम्पनीहरू सञ्चालनमा छन्। साथै, २०२७ सम्म भोल्भोको विद्युतीय कार कारखाना सञ्चालनमा आउने तयारीमा छ।

कम श्रम लागत र उच्च उत्पादकत्व स्लोभाकियाको मुख्य प्रतिस्पर्धात्मक फाइदा हो। यहाँको श्रम लागत पश्चिमी युरोपको करिब ६० प्रतिशत मात्र भएकाले उत्पादन लागत घटाउन चाहने निर्माताहरूका लागि यो देश आकर्षक गन्तव्य बनेको छ। युरोपको केन्द्रमा अवस्थित भएकाले स्लोभाकियाबाट बेलायतजस्ता प्रमुख बजारमा सहज आपूर्ति सम्भव छ, जहाँ किया चौथो सर्वाधिक बिक्री हुने ब्रान्ड बनेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.