आईतवार, बैशाख ६,२०८३ 11:39:15
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:39:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्पेसएक्सले १० लाख उपग्रह प्रक्षेपण गर्न अनुमति माग्यो

Bizshala
स्पेसएक्सले १० लाख उपग्रह प्रक्षेपण गर्न अनुमति माग्यो
Shivam Cement

काठमाण्डौ । विश्वका शीर्ष अमेरिकी धनाढ्य एलन मस्कको स्वामित्वमा रहेको अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले एआई प्रविधिलाई उर्जा प्रदान गर्न पृथ्वीको कक्षमा करिब १० लाख उपग्रह प्रक्षेपण गर्न अनुमति माग्दै अमेरिकी सञ्चार नियामक निकाय फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) मा आवेदन दिएको छ।

शुक्रबार दर्ता गरिएको उक्त आवेदनमा स्पेसएक्सले ‘अर्बिटल डेटा सेन्टर’ अवधारणालाई एआई कम्प्युटिङका लागि सबैभन्दा लागत र ऊर्जामैत्री समाधान भएको दाबी गरेको छ। कम्पनीका अनुसार एआईको तीव्र विस्तारका कारण कम्प्युटिङ आवश्यकताले पृथ्वीमा आधारित डेटा सेन्टरहरूको क्षमतालाई नै उछिनिसकेको छ।

हाल स्पेसएक्सको स्टारलिंक नेटवर्कअन्तर्गत करिब १० हजार उपग्रह पृथ्वीको कक्षमा सञ्चालनमा छन्। ती उपग्रहहरूले अन्तरिक्षमा भीड र जोखिम बढाएको आरोप लाग्दै आए पनि एलन मस्कले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नयाँ प्रस्तावित प्रणालीअन्तर्गत सौर्य ऊर्जाबाट सञ्चालन हुने १० लाखसम्म उपग्रह पृथ्वीको ५०० देखि २,००० किलोमिटर उचाइमा तैनाथ गरिने उल्लेख गरिएको छ। यद्यपि, योजनाको स्पष्ट समयरेखा भने आवेदनमा समावेश गरिएको छैन।

स्पेसएक्सले यो प्रणालीले विश्वभरका अर्बौँ प्रयोगकर्तालाई आवश्यक कम्प्युटिङ क्षमता उपलब्ध गराउने दाबी गरेको छ। एलन मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत उपग्रहहरू एक–अर्काबाट निकै टाढा रहने र अन्तरिक्षको विशालता सामान्य कल्पनाभन्दा बाहिर रहेको बताएका छन्।

स्पेसएक्सका अनुसार अर्बिटल डेटा सेन्टरहरू पृथ्वीमा रहेका परम्परागत डेटा सेन्टरको तुलनामा वातावरणमैत्री हुनेछन्, किनकि ती केन्द्रहरू अत्यधिक विद्युत् र शीतलनका लागि ठूलो मात्रामा पानी प्रयोग गर्छन्।

CG Motors
Garima Development Bank
IME remit

तर विज्ञहरूले हार्डवेयर अन्तरिक्षमा प्रक्षेपण गर्नु अझै पनि महँगो रहेको, साथै विकिरण, शीतलन र सुरक्षासम्बन्धी संरचना जटिल हुने चेतावनी दिएका छन्। अन्तरिक्ष फोहोर बढ्दै जाँदा उपग्रहहरू आपसमा ठोक्किने जोखिमसमेत उच्च हुने उनीहरूको भनाइ छ।

यसअघि सन् २०२४ मा खगोलविद्हरूले स्टारलिंक उपग्रहबाट निस्कने रेडियो तरंगले आफ्ना टेलिस्कोप ‘अन्धा’ बनाइरहेको र अनुसन्धानमा बाधा पुगेको गुनासो गरेका थिए।

एलन मस्क भने आफ्ना उपग्रहहरूले अन्तरिक्षमा अत्यधिक स्थान ओगटेको वा प्रतिस्पर्धीहरूलाई विस्थापित गरिरहेको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएका छन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.