काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि घोषणा गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा/भुक्तानी गर्न सुरु गरेको छ ।
कम्पनीले गत पुस २४ गते सम्पन्न ९ औं वार्षिक साधारण सभाबाट आव २०८१/८२ का लागि पारित भएको १०.१७८० प्रतिशत नगद लाभांश सेयरधनीहरुको हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा क्रमानुसार जम्मा गर्न थालिएको जनाएको हो ।
बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीले नै व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ ।
मर्जरपश्चात गाभिने बैंक तथा वित्तीय संस्थाको खाता न। रहेको सेयरधनीहरुको खाता न.परिवर्तन हुने हुँदा त्यस्ता सेयरधनीहरुको लाभांशको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फिर्ता आएको हुँदा यथाशक्य छिटो आफ्नो परिवर्तित नयाँ खाता न.हितग्राही खातामा अद्यावधिक गराउन समेत सूचित गरिएको छ ।

