सोमबार, असार २,२०८२ 01:44:55
  • सोमबार, असार २,२०८२ 01:44:55
Global IME Bank Limited

विश्व बैंकले घटायो नेपालको यस वर्षको आर्थिक वृद्धिदरको प्रक्षेपण,३.३% मा सीमित रहने

Hyundai Nepal
विश्व बैंकले घटायो नेपालको यस वर्षको आर्थिक वृद्धिदरको प्रक्षेपण,३.३% मा सीमित रहने
Nabil Bank Limited

काठमाण्डौ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण घटाएको छ । विश्व बैंकले चालु आर्थिक वर्ष २०८१र८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले आज  ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो । 

विश्व बैंकले यसअघि गरेको प्रक्षेपणलाइै पुनरावलोकन गर्दै वृद्धिदर घटाएको हो । गत जनवरीमा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।  नेपाल सरकारले भने चालु आव ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालको मूल्यवृद्धि यो वर्ष ६.७ प्रतिशतमा सीमित रहने र आगामी वर्षहरुमा क्रमश ः६ प्रतिशत र ५.५ प्रतिशतमा सीमित रहने विश्व बैंकले जनाएको छ ।    

यस्तै विश्व बैंकले आगामी आव नेपालको अर्थतन्त्र ४.६ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशत रहने विश्व बैंकले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.