शुक्रबार, बैशाख ४,२०८३ 05:30:19
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:30:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकाद्वारा सिरियाबाट सैनिक फिर्ता गर्ने निर्णय, मध्यपूर्वमा भने सैन्य उपस्थिति वृद्धि

Bizshala
अमेरिकाद्वारा सिरियाबाट सैनिक फिर्ता गर्ने निर्णय, मध्यपूर्वमा भने सैन्य उपस्थिति वृद्धि
Shivam Cement

काठमाण्डौ । अमेरिकाले आगामी केही महिनाभित्र सिरियामा रहेका आफ्ना बाँकी सैनिकहरू ठूलो मात्रामा फिर्ता गर्ने तयारी गरेको छ। ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले सिरियाली सरकारले आफ्नै सीमाभित्र आतंकवादविरुद्धको लडाइँको नेतृत्व गर्न सहमति जनाएको र अब अमेरिकी सैन्य उपस्थिति ठूलो स्तरमा आवश्यक नरहेको ठहर गरिएको बताएका छन् ।

अमेरिकी सेना सन् २०१५ देखि इस्लामिक स्टेट (आईएसआईएस) को प्रभावलाई कमजोर पार्ने उद्देश्यले सुरु गरिएको आतंकवादविरुद्धको अभियानअन्तर्गत सिरियामा तैनाथ थियो। करिब १ हजार सैनिक फिर्ता गर्ने निर्णय ‘परिस्थितिमा आधारित चरणबद्ध रूपान्तरण’ को हिस्सा भएको अधिकारीले बताएका छन्। साथै, क्षेत्रीय सुरक्षा चुनौती उत्पन्न भए अमेरिकाले आवश्यक प्रतिक्रिया दिन तत्पर रहने पनि उनले स्पष्ट पारे।

यसबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग बढ्दो तनावका कारण मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति बढाइरहेका छन्। अमेरिकी विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिंकन, जसमा गाइडेड मिसाइल विध्वंसक र दर्जनौँ लडाकु विमानहरू छन्, इरान नजिकै तैनाथ भएको जनाइएको छ। त्यसैगरी, विश्वकै सबैभन्दा ठूलो युद्धपोत मानिने यूएसएस जेराल्ड आर फोर्ड पनि आगामी तीन साताभित्र मध्यपूर्व क्षेत्रमा पुग्ने अपेक्षा गरिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले सीबीएस न्युजलाई दिएको जानकारीअनुसार ट्रम्पले इरानमाथि सम्भावित आक्रमणका लागि अमेरिकी सेना शनिबारसम्म तयार रहने बताएका छन्, यद्यपि अन्तिम निर्णय भने लिइएको छैन।

सिरियामा यसअघि नै अमेरिकी सेना दक्षिणी क्षेत्रको अल–तन्फ गारिसन र उत्तरपूर्वी क्षेत्रको अल–शद्दादी बेसबाट फिर्ता भइसकेको छ। सन् २०२४ मा असद सरकार पतन भएपछि सिरियाको सुरक्षा अवस्था उल्लेखनीय रूपमा सुधार भएको र आईएसआईएस कमजोर बनेको बताइएको छ।

त्यसपछि ट्रम्प प्रशासनले दमास्कससँग कूटनीतिक सम्बन्ध सुदृढ गर्न र सिरियाली राष्ट्रपति अहमद अल–शाराासँग सहकार्य बढाउन पहल गर्दै आएको छ। अल–शारााले नोभेम्बरमा ह्वाइट हाउस भ्रमण गरेका थिए, जुन सिरियाली नेताबाट पहिलोपटक भएको ऐतिहासिक भ्रमण थियो।

CG Motors
Garima Development Bank
IME remit

सिरियाली सरकारले केही स्थानीय सशस्त्र समूहहरूसँग कहिलेकाहीँ झडप भए पनि जनवरीमा कुर्द नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसलाई राष्ट्रिय सेनासँग एकीकरण गर्ने सहमति गरेको छ।

गत साता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्ना सिरियाली समकक्षी विदेशमन्त्री असाद अल–शैबानीसँग भेटवार्ता गर्दै युद्धविराम कायम राख्ने र आतंकवादविरुद्धको लडाइँलाई निरन्तरता दिने विषयमा छलफल गरेका थिए।

डिसेम्बरमा आयोवा नेशनल गार्डका दुई सदस्य र एक अनुवादक आईएसआईएसका एक्लो आक्रमणकारीद्वारा मारिएका थिए। त्यसको प्रतिक्रियास्वरूप ट्रम्प प्रशासनले ‘अपरेशन हकआइ स्ट्राइक’ नामक श्रृंखलाबद्ध सैन्य कारबाही सञ्चालन गरेको थियो।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.