TVS Motor Company अन्तर्गतको लोकप्रिय स्कुटर TVS NTORQ 125 ले नेपालमा १ लाख ५० हजार (150,000) प्रयोगकर्ता संख्या पार गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
काठमाण्डौ । नेपालका दुई–पाङ्ग्रे सवारीसाधन बजारमा TVS NTORQ 125 ले १.५ लाख प्रयोगकर्ता पार गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। यस उपलब्धिले NTORQ लाई देशकै अग्रणी प्रदर्शन–केन्द्रित स्कुटरहरूमध्ये एकको रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ।
उक्त माइलस्टोनको अवसरमा जगदम्बा मोटर्स (शंकर ग्रुप अन्तर्गत) ले देशभरका अधिकृत TVS शोरूमहरूमा ‘150K Celebration’ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ग्राहक, राइडर समुदाय, डिलर तथा स्कुटरप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको बताइएको छ।
कम्पनीका अनुसार यो उपलब्धि केवल बिक्री संख्यामा सीमित नभई नेपाली बजारमा NTORQ प्रतिको विश्वास र लोकप्रियताको प्रमाण हो। देशभर फैलिएको डिलर नेटवर्क, गुणस्तरीय सेवा, स्पेयर पार्ट्सको उपलब्धता तथा बिक्री र प्राविधिक टोलीको समन्वित प्रयासले यो सफलता सम्भव भएको जनाइएको छ।
लञ्च भएदेखि नै NTORQ ले रेसिङ–प्रेरित डिजाइन, सशक्त इन्जिन प्रदर्शन तथा स्मार्ट कनेक्टेड प्रविधिका कारण विशेषगरी युवा वर्ग र शहरी प्रयोगकर्तामाझ लोकप्रियता हासिल गर्दै आएको छ।
यस अवसरमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता ले ग्राहक, डिलर तथा साझेदारहरूप्रति आभार व्यक्त गर्दै १.५ लाख प्रयोगकर्ता पार गर्नु केवल व्यापारिक उपलब्धि मात्र नभई नेपाली राइडरहरूको विश्वासको प्रतिफल भएको उल्लेख गरे ।
देशभरका अधिकृत शोरूमहरूमा आयोजित कार्यक्रममार्फत कम्पनीले यस ऐतिहासिक उपलब्धिलाई विभिन्न इन–शोरूम गतिविधि र ग्राहक सहभागितासहित मनाएको जनाएको छ।

