आईतवार, आश्विन २५,२०८३ 07:03:41
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 07:03:41
Bizshala
Global IME Bank Limited

आरवाईडी नेपालले अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याउँदै, १०० वटा बाइकमार्फत सेवा दिँदै

Bizshala
आरवाईडी नेपालले अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याउँदै, १०० वटा बाइकमार्फत सेवा दिँदै
New Office

काठमाण्डौ । ‘आरवाईडी नेपाल’ ले आफ्नो सेवालाई थप सुदृढ बनाउन अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याउँदै छ । ग्राहकलाई गुणस्तरीय र छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले आफ्नो पूर्वाधार र सवारी साधनको संख्यालाई मध्यनजर गर्दै कपनमा चाँडै वर्कसप सञ्चालनमा ल्याउन लागेको हो ।

सुरुवाती चरणमा हिरो सुपर स्प्लेन्डरका ५० वटा बाइकबाट आफ्नो सेवा यात्रा प्रारम्भ गरेको आरवाईडी नेपालले हाल आफ्नो क्षमता बढाएर १ सय वटा पुर्याएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले सञ्चालनमा ल्याउँदै गरेको अत्याधुनिक वर्कसपका कारण कम्पनीका बाइकहरूको नियमित मर्मत–सम्भार हुनुका साथै बाइकहरूको सुरक्षा र कार्यक्षमतामा समेत सुधार आउने कम्पनीले अपेक्षा राखेको छ ।

‘आरवाईडी नेपाल’ काठमाण्डौका सडकमा हजारौं युवालाई रोजगारीको अवसर दिने उद्देश्यका साथ नयाँ बाइक भाडामा दिने एक प्लेटफर्म हो । कम्पनीले बजारमा रहेका पुराना र जीर्ण बाइकहरू भन्दा फरक, ब्रान्ड–न्यू बाइकहरू मात्र भाडामा उपलब्ध गराउँछ । यसले मर्मतको खर्च र तनावबाट राइडरलाई मुक्ति दिनेछ ।

राइडरहरूलाई पहिलो दिनदेखि नै कमाइ सुरु गर्ने अवसर दिने यस कम्पनीले प्रतिदिन ८०० रूपैयाँ मात्र भाडा तोकेको छ । यसमा कुनै पनि लुकेको शुल्क वा अतिरिक्त जटिलता छैन ।

आरवाईडी नेपालले राइडरलाई केवल भाडामा मात्र सीमित नगरी, डेढ वर्षमा आफ्नै बाइकको मालिक बन्न सक्ने मोडल पनि तयार गरेको छ । यसले राइडरको भविष्य निर्माणमा सहयोग पुग्नेछ ।

कम्पनीले राइडरहरुलाई सुरुमा हेल्मेट, फोन होल्डर, रेनकोटका साथसाथै एकपटक सगुनस्वरुप १५ सय को पेट्रोल पनि उपलब्ध गराउनेछ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.