शुक्रबार, असार १२,२०८३ 12:34:42
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 12:34:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिरो मोटोकर्पको आधिकारिक ड्रिष्टीव्युटर बन्यो सिजी मोटर्स

Laxmi Sunrise Bank Limited
हिरो मोटोकर्पको आधिकारिक ड्रिष्टीव्युटर बन्यो सिजी मोटर्स

काठमाण्डौ । नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाउने रणनीतिक कदममा, मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो उत्पादक हिरो मोटरकर्पले नेपालको सबैभन्दा ठूलो समूह चौधरी ग्रुप मातहतको कम्पनी सिजि मोटर्ससँग सहकार्य गरेको छ ।  

हिरो मोटकर्पले सन् २०१४ मा नेपाली बजारमा प्रारम्भिक रूपमा प्रवेश गरेको थियो । 

New Office
CG Motors
Garima Development Bank

राम्रो लोकप्रियता कमाएको सुपर स्प्लेन्डर र एक्सप्लस २०० लगायत आफ्ना प्रतिष्ठित मोटरसाईकल ब्रान्डहरूका साथ निरन्तर रूपमा हिरो  प्रख्यात हुँदै गइरहेको छ। नेपाललाई एसियाको प्रमुख बजारको रूपमा मान्यता दिँदै, हिरो मोटोकर्पको सीजी मोटर्ससँगको साझेदारीले आफ्नो व्यापारलाई थप बलियो बनाउने र समग्र ग्राहक अनुभवलाई अभिवृद्धि गर्ने अपेक्षा राखिएको छ ।  

चौधरी ग्रुप नेपालको व्यापार क्षेत्रको  विश्वभर १६०  भन्दा बढी कम्पनीहरू र १२३ ब्रान्डहरूको विशाल नेटवर्क रहेको समूह हो ।  एफएमसिजि, वित्तीय सेवाहरू, ऊर्जा र पूर्वाधार, आतिथ्य, र अत्याधुनिक इलेक्ट्रोनिक्स सहित विभिन्न क्षेत्रहरूमा यो समूहको व्यवसाय फैलिएको छ ।

यस सहकार्यअन्तर्गत, हिरो मोटोकर्प र सीजी मोटर्सले नेपाली बजारमा हिरो मोटोकर्पको उत्पादनहरू एसेम्बल गर्न नवलपुर जिल्लामा अत्याधुनिक ग्रीनफिल्ड सुविधा स्थापना गर्न तयार भएको प्रेस विज्ञप्तिमा बताईएको छ । स्थानीय अर्थतन्त्रमा नयाँ लगानी र रोजगारीका अवसरहरू सिर्जना गर्दै २०२४ मार्चबाट सेवा सञ्चालन सुरु गरिने चौधरी ग्रुपले जनाएको छ ।  

यसअघि हिरो मोटोकर्पका लागि नेपालको आधिकारिक बिक्रेता ज्योति ग्रुप रहेको थियो । तर, त्यहाँभित्रको लफडाले उसको डिलरसीप खोसिएको हो ।  

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.