काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनालले फराकिलो अग्रता कायम गरेका छन्।
हालसम्म खनालले २,२३८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण वानियाँ क्षेत्रीले ६०० मत पाएका छन्।
यसैगरी, नेकपा एमालेका अमनकुमार मास्केले ३६७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हिमाल शर्माले १०९ मत ल्याएका छन्।

