काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनाले आफ्नो अग्रता थप फराकिलो बनाएकी छन्।
पछिल्लो मतपरिणामअनुसार उनले ९ हजार ७८ मत प्राप्त गरेकी छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाले ४ हजार ८८ मतसहित पछ्याइरहेका छन्।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रविन्द्र मिश्रले २ हजार ३५५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।
काठमाडौंका अधिकांश निर्वाचन क्षेत्रमा हालसम्मको मतगणनामा रास्वपाका उम्मेदवारहरू अगाडि देखिएका छन्।

