काठमाण्डौ । डोल्पा जिल्लाका विभिन्न मतदान केन्द्रबाट संकलित मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय, दुनैमा ल्याउने क्रम जारी रहेको छ।
जिल्लामा रहेका ७० मतदान केन्द्रमध्ये हालसम्म ४१ केन्द्रका मतपेटिका सुरक्षित रूपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका छन् भने बाँकी २९ केन्द्रका मतपेटिका अझै आइपुग्न बाँकी रहेको छ।
दुर्गम भौगोलिक अवस्था र यातायातको सीमितताका कारण सबै केन्द्रका मतपेटिका एकैपटक ल्याउन कठिन भएको जनाइएको छ।

