काठमाण्डौ । दाङ क्षेत्र नं. १ को मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक अग्रस्थानमा रहेका छन्। ३ हजार ९१० मत गणना गर्दा देवराज पाठकले २ हजार ३८१ मत प्राप्त गरेका छन्।
त्यसैगरी, नेपाली कांग्रेसका योगेन्द्र चौधरीले ५७१ मत, एमालेका रेवतीरमण शर्माले ३४० मत, र नेकपाका मेटमणि चौधरीले २३९ मत प्राप्त गरेका छन्।

