शुक्रबार, फाल्गुन २२,२०८२ 02:36:24
Bizshala
  • शुक्रबार, फाल्गुन २२,२०८२ 02:36:24
Bizshala
Global IME Bank Limited

पुरानादेखि नयाँ दलका अध्यक्षसम्म कमजोर, जताततै रास्वपाकै अग्रता

Hyundai Nepal
पुरानादेखि नयाँ दलका अध्यक्षसम्म कमजोर, जताततै रास्वपाकै अग्रता
Shivam Cement

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनाले यसपटकको चुनावमा नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बलियो उपस्थिति देखिएको छ। विभिन्न दलका अध्यक्ष तथा शीर्ष नेताहरू नै आफ्ना निर्वाचन क्षेत्रमा पछि पर्न थालेपछि राजनीतिक वृत्तमा ठूलो चर्चा सुरु भएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

झापा–५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रास्वपाका उम्मेदवारसँग पछि परेका छन्। प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवारले उल्लेख्य अग्रता बनाउँदै ओलीलाई पछि पारेका हुन्।

यस्तै, सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा पनि रास्वपाका उम्मेदवारसँग पछि परेको प्रारम्भिक नतिजाले देखाएको छ।

काठमाडौं–३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि रास्वपाका उम्मेदवारसँग प्रतिस्पर्धामा पछि देखिएका छन्।

महेन्द्र राय यादव, राजेन्द्र महतोजस्तो मधेशवादी दलको नेतृत्व सम्हालिरहेका नेताहरु समेत रास्वपाकै उम्मेद्वारसँग पछाडि परेका प्रारम्भिक मतपरिणामहरु सार्वजनिक भएका छन् । 

पुराना दलमध्ये नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले मात्रै अग्रता लिएका छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसरी पुराना मात्र होइन, नयाँ दलका अध्यक्षहरू समेत मतगणनामा पछि पर्न थालेपछि चुनावी परिणाममा रास्वपाको लहर बलियो देखिएको विश्लेषण हुन थालेको छ।

देशका धेरै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् भने अन्य साना दलका उम्मेदवारहरूको उपस्थिति भने निकै कमजोर देखिएको छ। प्रारम्भिक परिणामले परम्परागत राजनीतिक दलहरूलाई चुनौती दिँदै नयाँ राजनीतिक शक्ति उदाउँदै गएको संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.