काठमाण्डौ । एक मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा जारी मतगणनामा प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। हालसम्म भएको ३४५ मत गणनाअनुसार नेपाल एमालेका उम्मेदवार दीपक धामी ९३ मतसहित अग्रस्थानमा रहेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका भरत खड्का ६८ मतसहित दोस्रो स्थानमा छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार नरेन्द्र खड्काले ४८ मत पाएका छन् । नेकपा उम्मेदवार त्रिलोचन भट्टले ४३ मत, राष्ट्रिय जनमोर्चाले २ मत, र नेकपा (माओवादी ्र) का उम्मेदवारले १ मत प्राप्त गरेका छन्।

