काठमाण्डौ । मनाङमा हालसम्मको मतगणना अनुसार कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ भारी मतसहित अग्रस्थानमा रहेका छन्। १ हजार १४७ मत गणना हुँदा उनले ९१४ मत प्राप्त भएका छन्।
नेकपा एमालेका उम्मेदवार यशोदा गुरुङ (सुवेदी) ले २१० मत पाएकी छिन् भने मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घले मात्र ५ मत पाएका छन्। यसैगरी, १८ मत बदर भएका छन्।
मनाङमा कुल मतदाता संख्या ७ हजार रहेको छ, जसमा हालसम्म २ हजार ८९२ मत खसेको छ। यो कुल मतको करिब ४१.३१ प्रतिशत हो।

