काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको प्रारम्भिक मत गणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा ठूलो अग्रता लिएको छ। निर्वाचन आयोगका पछिल्लो तथ्यांक अनुसार शुक्रबार दिउँसो ३ः१५ बजेसम्मको नतिजामा रास्वपाले १ हजार ९५ मत पाउँदै अग्रता बनाएको छ।
त्यस्तै, परम्परागत रूपमा समानुपातिकमा बलियो देखिने नेकपा एमाले चौथो स्थानमा रहँदा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तेस्रो स्थानमा उक्लिएको देखिएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार राप्रपाले १४७ मत प्राप्त गरेको छ भने एमालेले १०८ मत मात्र प्राप्त गरेको छ।
समानुपातिकमा नेपाली कांग्रेस दोस्रो स्थानमा छ र उसले ३७३ मत प्राप्त गरेको छ।

