काठमाण्डौ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( का उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता बनाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निकै पछि पारेका छन्। आज दिउँसो ५ बजे सम्मको मत गणना अनुसार, कुल १५ हजार ७४० मतमध्ये शाहले १० हजार ४६६ मत पाएका छन् भने ओलीले मात्र २ हजार २०५ मत मात्रै प्राप्त गरेका छन्।
गणना भएको मतमध्ये १५ हजार ७० मत सदर र ६७० मत बदर भएका छन्। यसरी हेर्दा बालेन्द्र शाहले ओलीभन्दा ८,२६१ मतले अघि छन् ।
त्यसैगरी, अन्य उम्मेदवारको स्थिति यस प्रकार छः
समिर तामाङ (श्रम संस्कृति पार्टी) १,३५७ मत
रञ्जित तामाङ (नेपाल कम्युनिष्ट पार्टी) ३१८ मत
लक्ष्मीप्रसाद सङ्ग्रौला (राप्रपा) २२२ मत
मन्धरा चिमरिया (नेपाली कांग्रेस) २१७ मत

