रसुवा निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। शुक्रबार राति सम्पन्न अन्तिम मतगणनाअनुसार उनले १० हजार ६ सय ४५ मत प्राप्त गर्दै जित हात पारेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्। आचार्यले भट्टलाई उल्लेख्य मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन्।

