काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा बझाङबाट पहिलो जित निकाल्दै खाता खोलेको छ। बझाङबाट एमालेका युवा नेता ऐनबहादुर महरा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन परिणाम अनुसार महराले १८ हजार ५४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मत पाएका छन्।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७५७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेसकुमार सिंहले ९ हजार २६३ मत पाएका छन्।
अन्य उम्मेदवारतर्फ नेकपा माओवादी (विप्लव) का भरत मल्लले ५०४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठाराले ४०५ र नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत प्राप्त गरेका छन्।

