काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग झण्डै ५० हजार मतान्तरले पराजित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयबाट भर्खरै प्राप्त ताजा मतपरिणामअनुसार झापा ५ बाट बालेन शाहले ६८ हजार ३४८ मतसहित प्रतिनिधि सभा सदस्यमा शानदार जित हासिल गरेका हुन् ।
ओली भने १८ हजार ७३४ मतमै सीमित बन्न पुगेका छन् ।
यो क्षेत्रमा श्रम संस्कृति पार्टीका समीर तामांग ९ हजार २३३ मतसहित तेश्रो भएका छन् ।
बिजशालाले माघ पहिलो साता नै बालेनको सचिवालयबाट भएको गोप्य मत सर्वेक्षणको रिपोर्टका आधारमा उनले करिब ७५ हजार मतसहित ओलीमाथि जित हासिल गर्ने समाचार प्रकाशन गरेको थियो ।
बिजशालामा माघ ८ गते प्रकाशित समाचार :
७५,००० हाराहारी मत ल्याएर जित्ने रिपोर्टपछि बालेन ढुक्क भएर झापा ५ पुगेको रहस्योद्घाटन !

