शुक्रबार, बैशाख ४,२०८३ 05:30:20
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:30:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकामा ‘एयरपोर्ट संकट’: ५० हजार सुरक्षा कर्मचारी तलबविहीन, एलन मस्कको चकित पार्ने प्रस्ताव

Bizshala
अमेरिकामा ‘एयरपोर्ट संकट’: ५० हजार सुरक्षा कर्मचारी तलबविहीन, एलन मस्कको चकित पार्ने प्रस्ताव
Shivam Cement

काठमाण्डौ । इरानसँगको युद्धको पृष्ठभूमिमा अमेरिका भित्रै नयाँ संकट देखा परेको छ। बजेट विवादका कारण अमेरिकाको ट्रान्सपोर्टेशन सेक्युरिटी एडमिनिस्ट्रेशन (TSA) का करिब ५० हजार कर्मचारीले हप्तौँदेखि तलब पाउन सकेका छैनन्, जसले देशभरका विमानस्थलहरूको सुरक्षा व्यवस्थामा असर पार्न थालेको छ।

यी कर्मचारीहरूले विमानस्थलमा यात्रु तथा सामानको सुरक्षा जाँच गर्ने जिम्मेवारी सम्हाल्दै आएका छन्। तर, कांग्रेसमा डिपार्टमेन्ट अफ होम सिक्युरिटीको बजेटमा सहमति नजुट्दा ‘शटडाउन’ अवस्था सिर्जना भएको र त्यसकै प्रभाव स्वरूप तलब वितरण रोकिएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

तलब नपाएपछि धेरै कर्मचारीले काम छाड्न थालेका छन्। अटलान्टा, न्यूयोर्क र ह्युस्टनजस्ता ठूला शहरका विमानस्थलमा कर्मचारी अनुपस्थितिको दर करिब २० प्रतिशतले बढेको जनाइएको छ, जबकि अन्य स्थानमा अवस्था अझ गम्भीर बनेको छ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्युरिटीका अनुसार सयौँ कर्मचारीले यसबीचमा जागिर छाडिसकेका छन्, जसले बाँकी कर्मचारीमाथि थप दबाब सिर्जना गरेको छ।

यसैबीच, विश्वकै धनी व्यक्तिमध्ये एक एलन मस्कले TSA कर्मचारीलाई तलब दिने प्रस्ताव गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “यो फन्डिङ संकटका बेला TSA कर्मचारीलाई तलब दिन म तयार छु। यसको प्रभावले देशभरका विमानस्थलमा यात्रुहरू समस्या झेलिरहेका छन्।”

CG Motors
Garima Development Bank
IME remit

ब्लूमबर्ग बिलिनियर इन्डेक्सअनुसार मस्कको कुल सम्पत्ति करिब ६४१ अर्ब डलर रहेको छ। उनी टेस्ला, स्पेसएक्स र एक्सएआईजस्ता ठूला कम्पनीका प्रमुख हुन्।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन्। उनले कांग्रेसले छिट्टै बजेटमा सहमति नगरे आप्रवासन तथा भन्सार कार्यान्वयन (ICE) का एजेन्टहरूलाई विमानस्थलमा खटाउने बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत भनेका छन्, “मेरो देशप्रेमी ICE एजेन्टहरूलाई विमानस्थलमा तैनाथ गरिनेछ। उनीहरूले अहिलेसम्मकै कडा सुरक्षा व्यवस्था लागू गर्नेछन्, जसमा अवैध आप्रवासीहरूको तत्काल गिरफ्तारीसमेत पर्नेछ।”

यस घटनाक्रमले अमेरिकाको आन्तरिक सुरक्षा, विमानस्थल व्यवस्थापन र आप्रवासन नीतिमा नयाँ बहस सुरु गराएको छ।

-Agencies

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.