मंगलवार, आश्विन १३,२०८३ 06:32:55
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:32:55
Bizshala
Global IME Bank Limited

इरानयुद्धको असर: अमेरिकाको ऋण ३९ ट्रिलियन डलर पार, युद्धका लागि ट्रम्पले थप २०० अर्ब डलर मागे

Bizshala
इरानयुद्धको असर: अमेरिकाको ऋण ३९ ट्रिलियन डलर पार, युद्धका लागि ट्रम्पले थप २०० अर्ब डलर मागे
New Office

काठमाण्डौ । इरानसँगको युद्धमा संलग्न अमेरिकाका लागि वित्तीय मोर्चामा चिन्ताजनक संकेत देखिएको छ। अमेरिकाको संघीय सरकारको कुल ऋण पहिलोपटक ३९ ट्रिलियन डलर नाघेको छ, जुन देशको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १२४ प्रतिशत बराबर हो।

पछिल्लो ८ महिनामै अमेरिकाको ऋण करिब २ ट्रिलियन डलरले बढेको छ। गत वर्ष जुलाईमा ‘डेट सिलिङ’ हटाइएपछि मात्र २.८ ट्रिलियन डलर ऋण थपिएको छ। ३८ ट्रिलियनबाट ३९ ट्रिलियन डलर पुग्न केवल ५ महिना लागेको तथ्यले ऋण वृद्धिको तीव्रता झल्काउँछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कांग्रेसनल बजेट अफिस (CBO) का अनुमान अनुसार आगामी १० वर्षसम्म अमेरिकाको ऋण हरेक वर्ष करिब २.४ ट्रिलियन डलरले बढ्न सक्छ। यस दरले २०३६ सम्म कुल ऋण ६४ ट्रिलियन डलरसम्म पुग्ने आँकलन गरिएको छ।

ऋणको ब्याज तिर्न अमेरिकालाई ठूलो रकम खर्च गर्नुपरेको छ। चालु वित्तीय वर्ष २०२६ (अक्टोबर १ देखि) को फेब्रुअरीसम्म मात्रै ब्याज तिर्न ४२५ अर्ब डलर खर्च भइसकेको छ। यो रकम सामाजिक सुरक्षा (६७८ अर्ब डलर) र मेडिकेयर (४७८ अर्ब डलर) पछिको तेस्रो ठूलो खर्च हो।

इतिहास हेर्दा अमेरिकाको राष्ट्रिय ऋण १९९० मा ३.२ ट्रिलियन डलर थियो, जुन २००० मा ५.७ ट्रिलियन, २०१० मा १३.६ ट्रिलियन र २०२० मा २७ ट्रिलियन पुगेको थियो। हाल यो ३९ ट्रिलियन डलर पुगेको छ।

ब्यूरो अफ फिस्कल सर्भिसका अनुसार कुल ऋणमध्ये ३१.३ ट्रिलियन डलर ‘पब्लिक डेट’ र ७.६ ट्रिलियन डलर ‘इन्ट्रागभर्मेन्टल होल्डिङ्स’ अन्तर्गत पर्छ। यस ऋणको ब्याज तिर्न मात्र अमेरिकाले वार्षिक करिब ९०० अर्ब डलर खर्च गरिरहेको छ।

यसबीच, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धका लागि २०० अर्ब डलरभन्दा बढी अतिरिक्त बजेट माग गरेको छ। अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानमाथि आक्रमण सुरु गरेका थिए।

युद्ध सुरु भएको पहिलो सातामै अमेरिकाले करिब ११.३ अर्ब डलर खर्च गरिसकेको छ, जसमा मुख्यतः प्रारम्भिक आक्रमणमा प्रयोग गरिएको हतियार र गोला–बारुदको लागत समावेश छ। सैनिक परिचालन, लजिस्टिक्स तथा अन्य अपरेसन खर्च भने यसमा समावेश छैन।

विश्लेषकहरूका अनुसार बढ्दो ऋण, उच्च ब्याज भार र युद्ध खर्चले अमेरिकाको अर्थतन्त्रमा दीर्घकालीन दबाब सिर्जना गर्ने जोखिम बढ्दै गएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.