Bizshala
  • आईतवार, चैत्र १५,२०८२ 11:20:28
Bizshala
Global IME Bank Limited

लैनचौर जग्गा प्रकरणका ‘ठूलो माछा’ दीपक खड्का पक्राउ

Hyundai Nepal
लैनचौर जग्गा प्रकरणका ‘ठूलो माछा’ दीपक खड्का पक्राउ
Shivam Cement

नेपाल स्काउटको लैनचौरस्थित जग्गा लिजसम्बन्धी आर्थिक हिनामिना प्रकरणमा मुछिएका पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। उनलाई आज बिहान काठमाडौँबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

उक्त प्रकरणमा लामो समयदेखि छानबिन भइरहेको थियो। स्काउटको बहुमूल्य जग्गा लिज प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियार तथा प्रहरी दुवैले अनुसन्धान अघि बढाएका थिए। सोही क्रममा खड्कामाथि पनि अनुसन्धानको दायरा विस्तार गरिएको थियो।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यसबीच, ‘जेनजी आन्दोलन’ का क्रममा बूढानीलकण्ठस्थित खड्काको निजी निवासमा आगजनी भएको थियो। त्यसपछि केही व्यक्तिहरूले त्यहाँबाट नगद फेला परेको दाबी गर्दै नोट उडाइएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलाएका थिए। यद्यपि, ती भिडियोको प्रामाणिकता र वास्तविकता पुष्टि हुन बाँकी रहेको सम्बन्धित निकायले जनाएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

संखुवासभाबाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित खड्का नेपाली कांग्रेसका प्रभावशाली नेता मानिन्थे र तत्कालीन सभापति शेरबहादुर देउवा निकटको रूपमा चिनिन्थे। उनको पक्राउसँगै उक्त जग्गा प्रकरण थप चर्चामा आएको छ भने आगामी दिनमा अनुसन्धान अझै गहिरिने संकेत देखिएको छ।

प्रहरीले खड्कामाथि थप अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलनपछि कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.