आईतवार, बैशाख ६,२०८३ 11:57:02
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:57:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

CFMOTO का स्पेयर पार्ट्स तथा सेवा अब देशभर सुलभ र किफायती मूल्यमा उपलब्ध

Bizshala
CFMOTO का स्पेयर पार्ट्स तथा सेवा अब देशभर सुलभ र किफायती मूल्यमा उपलब्ध
Shivam Cement

काठमाण्डौ । ग्राहक सन्तुष्टि र आफ्टर-सेल्स सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ CFMOTO नेपालले देशका विभिन्न प्रमुखसहरहरूमा आफ्ना जेनुइन स्पेयर पार्ट्स किफायती तथा ग्राहकमैत्री मूल्यमा उपलब्ध गराएको घोषणा गरेको छ।यस पहलले देशभरका CFMOTO प्रयोगकर्ताहरूलाई सहज पहुँच, भरपर्दो सेवा र किफायती मर्मत सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।

नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो उपस्थिति विस्तार गरिरहेको CFMOTO ले काठमाण्डौ उपत्यका भित्र तथा बाहिर दुबै क्षेत्रमा स्पेयर पार्ट्सको सहज उपलब्धता सुनिश्चित गर्दै आफ्नो सेवा सञ्जाललाई थप सुदृढ बनाइरहेको छ।

CFMOTO नेपाल ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै निरन्तर सुधारको दिशामा अघि बढिरहेको छ।कम्पनीले स्पेयर पार्ट्सको मूल्यलाई ग्राहकमैत्री बनाउनुका साथै आफ्ना प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि CFMOTO Global द्वारा सञ्चालन गरिएका विभिन्न तहका तालिम कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

देशका प्रमुख सहरहरूमा उपलब्धता

काठमाडौं उपत्यका बाहिर:
अब ग्राहकहरूले निम्न सहरहरूमा CFMOTO का जेनुइन स्पेयर पार्ट्स सहजै प्राप्त गर्न सक्नेछन्:

  • बिर्तामोड
  • इटहरी
  • हेटौंडा
  • चितवन
  • बुटवल
  • पोखरा
  • नेपालगञ्ज

काठमाडौं उपत्यकाभित्र:
अधिकृत सेवा केन्द्रहरूमा स्पेयर पार्ट्स उपलब्ध छन्:

  • कालोपुल – CFMOTO Service Station
  • बुद्धनगर – Kathmandu Auto Clinic
  • सल्लाघारी – Riders Group
CG Motors
Garima Development Bank
IME remit

ग्राहक सन्तुष्टि प्रतिप्रतिबद्धता

यस विस्तारले CFMOTO को निम्न प्रतिबद्धताहरूलाई थप सुदृढ बनाएको छ:

  • जेनुइन तथा उच्च गुणस्तरका स्पेयर पार्ट्स
  • पारदर्शी र प्रतिस्पर्धी मूल्य निर्धारण
  • छिटो तथा प्रभावकारी सेवा
  • उत्कृष्ट र सहज स्वामित्व अनुभव

देशभर स्पेयर पार्ट्सको उपलब्धता विस्तार गरेर CFMOTO ले ग्राहकहरूको समय बचत गर्ने र मर्मत सेवा अझ सहज बनाउने लक्ष्य राखेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.