काठमाण्डौ । सरकारले इजरायल लगायत चार देशका लागि पुनः श्रम स्वीकृति खुल्ला गरेको छ ।
इजरायल, अमेरिका र इरानबीच बढेको तनावका कारण यसअघि रोकिएको पुनः श्रम स्वीकृति फेरि सुरु गरिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८२ चैत ३१ गते गरेको मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति प्रदान गर्न सुरु गरिएको हो ।
त्यस्तै, इराकका लागि भने २०८२ पुस ११ को पूर्व निर्णयअनुसार नै श्रम स्वीकृति दिइने वैदेशिक रोजगार विभागले जनाएको छ ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ईआरटी) को सिफारिसका आधारमा बाँकी देशहरूमा पनि पुनः श्रम स्वीकृति खोलिएको मन्त्रालयले जनाएको छ ।
नयाँ श्रम स्वीकृतिको हकमा भने ती देशको अवस्था पूर्ण रूपमा सामान्य भएपछि मात्रै निर्णय गरिने बताइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।