बुधबार, चैत्र २०,२०८१ 12:55:39
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:55:39
IME remit
Global IME Bank Limited

इलिअट वेभको आधारमा बजार एकपटक २ हजार विन्दु तल आएपछि मात्रै माथि जाने ( तथ्य र आधारसहित )

Hyundai Nepal
इलिअट वेभको आधारमा बजार एकपटक २ हजार विन्दु तल आएपछि मात्रै माथि जाने ( तथ्य र आधारसहित )
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा यो साता जम्मा ३ दिन कारोबार भयो । ३ दिनमा बजार २ दिन बढ्यो भने १ दिन घट्यो । अघिल्लो साता २००४.०५ मा बन्द भएको बजार यो साता २०२५.७ मा बन्द भयो । यस हिसाबले यो साता बजार २१.६५ अंकले बढ्योे । यो साता सेयर बजारमा ११ अर्ब ८८ करोडको कारोबार भएको छ । अघिल्लो साता बजारमा १३ अर्ब ९४ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता बजार बढ्दा कारोबार भने घटेको छ । यो साता बजार पूँजीकरण ३२ खर्ब १२ अर्ब पुगेको छ । गत साता बजार पूँजीकरण ३२ खर्ब २७ अर्ब थियो । अघिल्लो साताको तुलनामा यो साता बजार बढेता पनि बजार पूँजीकरण भने घटेको छ ।  

प्राविधिक पक्षः  

माथि लाग्ने पाँच वेभमा पनि ३ वटा बढोत्तरीका र २ वटा सुधारका वेभ देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, र ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यो महिनाको बजारलाई लगानीकर्ताको मनोविज्ञान, बजारले बनाएको चक्र, कारोबार र कारोबार रकम समेतको आधारमा हेर्दा ‘सी’ वेभ भित्रको एक १,२,३,४ र ५ चलेको देखिन्छ । जसमा यो साताको बढोत्तरी, वेभ ४ मा आयो । अब चल्ने वेभ ५ ले बजार एकपटक २ हजार तल अर्थात १९७५ सम्म आए पछि मात्रै बजारको करेक्सन सकिन सक्छ ।

जसलाई वेभ १ बराबर वेभ ५ हुन्छ भन्ने इलिअट वेभको  सिद्धान्तले पनि पुष्टि गर्छ । त्यसैगरि बजारलाई अन्य इन्डिकेटरबाट हेर्दा बोलिङगर ब्याण्ड र आरएसआईले थप पुष्टि गरेको देखन्छि । यो साता आरएसआई ५० को तहमा प्रतिरोध गरेर तल खसेको छ । प्रायः घट्दो बजारमा यस्तो विन्दु ओभर सोल्ड जोनमा पुगे पछि मात्रै बजारको करेक्सन सकिन्छ । मुभिङ एभरेजमार्फत हेर्दा पनि यो साता बजार ५० दिने मुभिङ एभरेजमा प्रतिरोध सामना गरेर तल खसेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

बोलिङगर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङगर ब्याण्डको आधारमा यो साता बजार मध्य ब्याण्ड अर्थात २०४६ मा प्रतिरोध सामना गरेर तल खसेको छ । यदि आगामी साता पनि बजार २०४६ भन्दा माथि जादैँन भने तल्लो ब्याण्ड अर्थात २०८० आसपास बजार एकपटक आए पछि मात्रै बजारले माथिको यात्रा तय गर्न सक्छ । म्याक्डीमार्फत हेर्दा यो साता बजारमा बुलिस क्रसओभर नजिक पुगेको देखिन्छ । आरएसआईको आधारमा बजारलाई हेर्दा यो साता न्यूट्रल जोनमा प्रतिरोध सामाना गरेर ४७ को तहमा आएको छ । घट्दो बजारमा यस्तो विन्दु ओभर सोल्ड जोनसम्म पनि आउन सक्छ ।  

पिभट् विश्लेषण  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२०७०

प्रतिरोध २ –२०५५

प्रतिरोध १– २०२९

पिभट प्वइन्टः २०१४

घटेमा सपोर्ट  

सपोर्ट १– १९८९

सपोर्ट २– १९७५

सपोर्ट  ३ –१९४८

निष्कर्ष  ः यो साता दोस्रो बजारमा ३ दिनमात्रै सेयर काराबार भयो । जसमा बजार २१.६५ अंकले बढेर बन्द भयो । यद्यपी साताको अन्तिम कारोबारमा बोलिङगरको मध्य ब्याण्ड अर्थात २०४६ मा प्रतिरोध गरेर बजार यहाँबाट माथि जान सकेन । त्यसैगरी मूभिङ एभरेजबाट हेर्दा पनि बजारले ५० दिने मुभिङ एभरेजलाई ब्रेक गरेर माथि जान सकेन ।  

यस हिसाबले बजारमा करेक्सन अझै बाँकी नै रहेको देखिन्छ । इलिअट वेभमार्फत सानो अवधिमा बजारको एक महिनाको चक्रलाई नियाल्दा १ देखि ५ वेभ चल्दै गरेको देखिन्छ । यो साता बजारमा आएको बढोत्तरीलाई ४ वेभको सुधार मान्न सकिन्छ । आगामी साता ५ वेभ चल्दा बजार २ हजार भन्दा पनि तल आउँन सक्छ । त्यसपछि मात्रै बजारको हालको करेक्सन सकिएपछि बजारले नयाँ बाटो तय गर्न सक्छ । जसलाई विभिन्न इन्डिकेटर , प्राइस एक्सन र इलिअट वेभले पुष्टि गर्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.