शुक्रबार, कार्तिक ६,२०८३ 02:12:28
  • शुक्रबार, कार्तिक ६,२०८३ 02:12:28
Global IME Bank Limited

अदालतको नजीरले फेरियो मुद्दाको मोड, आशिष श्रेष्ठ हाजिरी जमानतमा रिहा

Bizshala
अदालतको नजीरले फेरियो मुद्दाको मोड, आशिष श्रेष्ठ हाजिरी जमानतमा रिहा
New Office

काठमाण्डौं । कानूनी प्रक्रियामा देखिएको समानता र अदालतको अडानका कारण नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानतमा रिहा भएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार व्यवसायी शेखर गोल्छाको मुद्दामा अदालतले बीमा ऐनअनुसार म्याद थप गर्न अस्वीकार गरेपछि सोही निर्णयलाई नजीरका रूपमा लिएर श्रेष्ठलाई पनि हाजिरी जमानतमा छोडिएको हो । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनलाई २२ वैशाखमा परिवारको जिम्मा लगाइएको जनाइएको छ ।

यसअघि १५ वैशाखमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले श्रेष्ठलाई पक्राउ गरेको थियो ।  

बीमा ऐन २०७९ विपरीतको कसुर गरेको आरोपमा उनलाई काठमाडौंको कागेश्वरी मनहरा–५ बाट नियन्त्रणमा लिइएको थियो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

बीमा प्राधिकरणको पत्रपछि अनुसन्धान अघि बढाइएको र अदालतबाट ५ दिनको म्याद लिएर छानबिन गरिएको थियो ।

तर, एउटै प्रकृतिको मुद्दामा फरक व्यवहार गर्न नहुने कानूनी व्याख्या अघि आएपछि उनलाई हाजिरी जमानतमा रिहा गरिएको बताइएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.