सोमबार, श्रावण १८,२०८३ 03:36:02
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:36:02
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री अनुपस्थित भएपछि संसदमा हंगामा, रातमा पनि जारी छ बैठक

प्रधानमन्त्री अनुपस्थित भएपछि संसदमा हंगामा, रातमा पनि जारी छ बैठक
New Office

काठमाडौं । प्रधानमन्त्री Balen Shah नीति तथा कार्यक्रममाथिको उठेका प्रश्नको जवाफ दिन संसदमा उपस्थित नभएपछि प्रतिनिधिसभामा तनावपूर्ण अवस्था सिर्जना भएको छ । नेकपा एमालेसहित चार विपक्षी दलका सांसदहरूले बिहीबारको बैठक बहिष्कार गरेका हुन् ।

बैठक बहिष्कार गर्ने दलहरूमा Communist Party of Nepal (Unified Marxist–Leninist), Nepal Communist Party, श्रम संस्कृति पार्टी र Rastriya Prajatantra Party रहेका छन् । एमालेबाहेकका तीन दलले बैठक सुरु भएलगत्तै बहिष्कार गरेका थिए भने एमाले सांसदहरूले केही समयसम्म बैठक कक्षमै उभिएर विरोध जनाएका थिए ।

विपक्षी सांसदहरूको नाराबाजी र अवरोधकै बीच प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री Swarnim Wagle ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन थालेका थिए । उनको सम्बोधन सकिएपछि एमाले सांसदहरूले पनि बैठक छाडेका हुन् ।

यसअघि विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । सभामुख DP Aryal ले प्रधानमन्त्रीले औपचारिक रूपमा आफ्नो तर्फबाट अर्थमन्त्रीलाई जवाफ दिने जिम्मेवारी दिएको जानकारी गराउँदै सांसदहरूलाई बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । तर विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान कायम राखे ।

रोचक कुरा के छ भने, प्रतिनिधिसभाको प्रारम्भिक कार्यसूचीमा प्रधानमन्त्रीले नै जवाफ दिने उल्लेख भए पनि पछि संशोधन गर्दै प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले जवाफ दिने व्यवस्था गरिएको थियो ।

विपक्षी दलहरूले प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाउँदै आएका छन् । उनीहरूले नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भएर सांसदहरूको प्रश्नको सामना गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री शाह भने सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै रहे पनि संसद भवन पुगेनन् । यसअघि राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला पनि उनी संसदबाट बाहिरिएका थिए भने विपक्षी दलका नेताहरूले सम्बोधन गर्दा समेत अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.