बिहीबार, भाद्र ४,२०८३ 08:47:18
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 08:47:18
Bizshala
Global IME Bank Limited

जीवन बीमकले प्रवाह गरे रु.१ खर्बको बीमालेख धितो कर्जा, ब्याज आम्दानी रु.७.६६ अर्ब

जीवन बीमकले प्रवाह गरे रु.१ खर्बको बीमालेख धितो कर्जा, ब्याज आम्दानी रु.७.६६ अर्ब
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले एक खर्ब रुपैयाँ बराबरको बीमालेख धितो कर्जा प्रवाह गरेका छन् । चालु आवको तेस्रो त्रैमाससम्म १४ जीवन बीमकले १ खर्ब ७ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका हुन् ।  

यो कर्जा रकम गत आवको सोही अवधिसम्मको तुलनामा जम्मा २.३४ प्रतिशत मात्रै बढी हो । गत आवको तेस्रो त्रैमाससम्म जीवन बीमकहरुले ९७ अर्ब ७८ करोड रुपैयाँ बराबरको बीमालेख धितोकर्जा प्रवाह गरेका थिए ।  

बीमकहरुबाट प्रवाह हुने यस्तो कर्जामा सामान्य वृद्धि भएसँगै ब्याज आम्दानी समेत सामान्य बढ्न पुगेको छ । चैत मसान्तसम्म जीवन बीमकहरुले बीमालेख धितोकर्जा प्रवाह गरी ७ अर्ब ६६ करोड ९३ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।

यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा १.३६ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म जीवन बीमकहरुले ७ अर्ब ५६ करोड ६३ लाख रुपैयाँ ब्याज आम्दानी गरेका थिए ।  

जीवन बीमा कम्पनीहरुमा बीमितले आफ्नो बीमालेख धितो राखी कर्जा लिन सकिने व्यवस्था छ । बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाले लिने ब्याजदर भन्दा सहुलियतमा आफ्नो बीमितलाई कर्जा प्रवाह गर्नुपर्ने प्रावधान छ ।  

Bizshala
CG Motors

जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ मा ‘बीमकले बीमालेखअन्तर्गत पुरा ३ वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपश्चात् तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपश्चात् बीमालेख समर्पण गर्न तथा धितो राखेर ऋण प्रदान गर्न सक्नेछ’ भनी उल्लेख छ ।  

बीमालेखबाहेक अन्य कुनै पनि वस्तु धितो राख्नु नपर्ने भएकाले बैंकको तुलनामा बीमा कम्पनीबाट ऋण लिने प्रक्रिया झन्झटमुक्त मानिन्छ । निर्देशिका बमोजिम बीमितले बीमा प्रारम्भ भएको तीन किस्ता प्रिमियम तिरेपछि प्रिमियम रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाउनेछन् ।  

पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको अवस्था छ । बैंकहरुबाट पर्याप्त कर्जा प्रवाह हुन सकेको छैन । यस्तो अवस्थामा बीमा कम्पनीहरुबाट भने धमाधम बीमालेख कर्जा प्रवाह भइरहेको तथ्याङ्कले देखाएको छ ।  

सो अवधिसम्म सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ३६ अर्ब ८६ लाख रुपैयाँ बराबरको बीमालेख धितो कर्जा प्रवाह गरेको छ । तर कम्पनीको यो कर्जा प्रवाह गत आवको तुलनामा ०.५९ प्रतिशत कम हो ।  

गत आवको तुलनामा सबैभन्दा बढी यस्तो कर्जा उल्लेख्य बढाउनेमा आइएमई लाइफ रहेको छ । कम्पनीको कर्जा प्रवाह ३५.५१ प्रतिशतले वृद्धि भएको छ । यस्तो कर्जा प्रवाह मेट लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी, एलआइसी नेपाल र नेपाल लाइफको घटेको छ भने बाँकी सबै कम्पनीको बढेको छ ।  

ब्याज आम्दानी कुनको कति ? 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.