बिहीबार, असार २५,२०८३ 04:29:18
Bizshala
  • बिहीबार, असार २५,२०८३ 04:29:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्माण व्यवसायीहरुको समस्या सम्बोधन गर्न परिसंघको आग्रह

Laxmi Sunrise Bank Limited
निर्माण व्यवसायीहरुको समस्या सम्बोधन गर्न परिसंघको आग्रह

काठमाण्डौ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्यबृद्धिले नेपाली अर्थव्यस्था समेत प्रत्यक्ष प्रभावित भईरहेको छ । मध्यपूर्वको युद्ध अघि (फेव्रेवरी १५) डिजेल प्रति लिटर रु. १ सय ३९ रहेकोमा हाल प्रति लिटर रु. २ सय २५ र बिटुमिनको मूल्य प्रति के.जी रु. ७५ बाट रु. १ सय ५५ पुगेको छ ।

New Office
CG Motors
Garima Development Bank

निर्माण उद्योगमा प्रयोग हुने डिजेल, मट्टितेल, बिटुमिनसहितका निर्माण सामाग्री तथा ढुवानी लागतमा उच्च वृद्धि हुँदा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको नेपाल निर्माण व्यवसायी महासंघले गराएको जानकारीले नेपाल उद्योग परिसंघलाई चिन्तित बनाएको छ । 

मूल्यवृद्धिको यस अवधिमा निर्माण व्यवसायीहरूलाई मात्रै रु. १० अर्ब भन्दा बढी नोक्सानी भइसकेको महासंघले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निर्माण परियोजना प्रभावित हुँदा यससँग प्रत्यक्ष सरोकार राख्ने अन्य उद्योगहरुमा समेत शिथिलता आउन सक्ने भएकाले, निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबाबलाई कम गर्न तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरुको समस्यालाई उचित सम्बोधन गरिदिन परिसंघले सम्बन्धित सबै पक्षसँग अनुरोध समेत गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.