मंगलवार, आश्विन १३,२०८३ 09:32:41
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:32:41
Bizshala
Global IME Bank Limited

इरान र अमेरिकाबीच युद्ध अन्त्य गर्ने सम्झौता, स्ट्रेट अफ हर्मुज खुल्ने

Bizshala
इरान र अमेरिकाबीच युद्ध अन्त्य गर्ने सम्झौता, स्ट्रेट अफ हर्मुज खुल्ने
New Office

काठमाण्डौ । अमेरिका र इरानबीच जारी सैन्य द्वन्द्व अन्त्य गर्ने प्रारम्भिक सहमति भएको दाबी दुवै पक्षका अधिकारीहरूले गरेका छन्। प्रस्तावित समझदारीअनुसार युद्ध रोक्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने तथा विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग मानिने हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने सहमति भएको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानसँगको सम्झौता सम्पन्न भएको घोषणा गरेका छन्। उता, मध्यस्थकर्ताको भूमिका खेलेको शेहबाज सरिफ नेतृत्वको पाकिस्तान सरकारले पनि सम्झौता भएको पुष्टि गरेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सम्झौतामा हस्ताक्षर आगामी शुक्रबार स्विट्जरल्याण्डमा हुने कार्यक्रम रहेको बताइएको छ। यद्यपि, सम्झौताका सबै प्रावधानहरू सार्वजनिक गरिएका छैनन्।

सम्झौताअनुसार लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने व्यवस्था रहेको जनाइएको छ। पछिल्ला महिनाहरूमा इजरायल र हिजबुल्लाहबीच जारी आक्रमण–प्रत्याक्रमण वार्ताको प्रमुख अवरोध बनेको थियो।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सोमबार रातिदेखि सबै मोर्चामा युद्ध समाप्त हुने जनाएको छ।

इरानका उपविदेशमन्त्री खाजेन घारीबाबादीका अनुसार प्रारम्भिक युद्धविरामपछि ६० दिनभित्र थप व्यापक सम्झौताका लागि वार्ता हुनेछ। ती वार्तामा इरानमाथिका आर्थिक प्रतिबन्ध, जफत सम्पत्ति तथा देशको आणविक कार्यक्रमबारे निर्णय गरिनेछ।

अमेरिकाले इरानको उच्चस्तरीय युरेनियम भण्डार नष्ट वा हटाउने लक्ष्य राखेको बताइएको छ भने इरानले आफ्नै भूमिमा त्यसलाई डाईल्युट गर्ने प्रस्ताव राखेको समाचार स्रोतहरूले जनाएका छन्।

सम्झौतामा इजरायल प्रत्यक्ष पक्ष नरहेको बताइएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्हुको सरकारले हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। इजरायलले लेबनानमा आफ्ना सैन्य गतिविधि जारी राख्ने अडान राख्दै आएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.