मंगलवार, चैत्र २६,२०८१ 07:25:24
IME remit
  • मंगलवार, चैत्र २६,२०८१ 07:25:24
IME remit
Global IME Bank Limited

नेपाल लाइफले सार्वजनिक गर्‍यो ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा’ योजना, यस्ता छन् सुविधा

Hyundai Nepal
नेपाल लाइफले सार्वजनिक गर्‍यो ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा’ योजना, यस्ता छन् सुविधा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना’ सार्वजनिक गरेको छ ।  कम्पनीले आज (वैशाख ११ गते) कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच सो योजना सार्वजनिक गरिएको हो ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बीमा योजनाको अनावरण गरे । अनिश्चितताले भरिएको संसारमा, आफ्ना बालबालिकाहरूको लागि स्थिर र समृद्ध भविष्य सुनिश्चित गर्नु सर्वोपरि हुने भएकोले सो आवश्यकता परिपूर्ति गर्नको लागि व्यापक कभरेज प्रदान गर्न नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना कम्पनीले सार्वजनिक गरेको हो । यो योजनामार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि लिएर बलियो आर्थिक सुरक्षा यसबीमा योजनाले प्रदान गर्ने बताइएको छ ।  

‘सुनिश्चित शिक्षा , सुरक्षित भविष्य’भन्ने नाराका साथ सार्वजनिक गरिएको नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना बालबालिका सम्बन्धी सावधिक जीवन बीमा(मुनाफामा सरिक हुने)हो । जसमा बीमित बालबालिकाको प्रवेश उमेर १ महिना (३० दिन पछि) देखि १७ वर्ष सम्म रहने र प्रस्तावकको प्रवेश उमेर २१ वर्ष देखि ६५ वर्ष सम्म रहने छ । न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि २५ वर्ष सम्म हुनेछ । यो योजनाको न्यूनतम बीमाङ्क रकम रू २५ हजार तथा अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिनेछ ।  

यस योजनामा प्रस्तावकको बीमा प्रारम्भ भएको मिति देखि जोखिम प्रारम्भ हुनेछ भने बालबालिकाको बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बच्चाको उमेर ५ वर्ष पूरा भए पछिको बीमालेखको वार्षिकोत्सव वा जुन अगाडी आउँछ सोही देखि जोखिम प्रारम्भ हुनेछ ।

Shivam Cement
Bizshala
CG Motors

यस योजनाअन्तर्गत बीमालेख चालु रहेको अवस्थामा बीमाङ्क भुक्तानी परिपक्वता सुविधाअन्तर्गत बीमा अवधि समाप्ती मितिसम्म बीमित प्रस्तावक तथा बीमित बालबालिका जीवित रहेमा शर्तहरुको अधिनमा रही बीमालेखमा उल्लेख भएको बीमाङ्क  रकम र आर्जित बोनस बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानी दिइने कम्पनीले जनाएको छ ।

बीमा अवधिभित्र जोखिम प्रारम्भ नहँुदै प्रस्तावकभन्दा अगाडी बीमित बालबालिकाकोे मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमित बालबालिकाको  मृत्यु हुनुभन्दा अघिसम्म भुक्तानी गरिएको  बीमाशुल्क (पुरक करार तथा अतिरिक्त बापतको बीमाशुल्क बाहेक) भुक्तानी गरिने छ भने बीमा जोखिम प्रारम्भ पछि बीमा अवधिभित्र बीमित बालबालिकाको मृत्यु भएमा बीमाङ्क रकमको २५ प्रतिशत तथा आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम (पुरक करार तथा अतिरिक्तबापतको बीमाशुल्क बाहेक) जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।

त्यस्तै, बीमा अवधिभित्र जुनसुकै समयमा बालबालिका छदै प्रस्तावकको मृत्यु भएमा बाँकी अवधिको बीमाशुल्क मिनाहा गरी बीमालेखलाई निरन्तरता दिईनेछ । मासिक आय सुविधा बीमाङ्कको १% बराबरको रकम बीमित बालबालिकालाई भुक्तानी गरिनेछ र यस्तो रकम घटना घटे पश्चात बीमा अवधि समाप्तिसम्म वा बालबालिकाको मृत्यु जुन अघि हुन्छ सो समय सम्मका लागि प्रदान गरिनेछ र बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र बीमा अवधि समाप्तिसम्मको आर्जित बोनस समेत एकमुष्ठ भुक्तानी गरिनेछ ।

बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा प्रस्तावकको मृत्युवापत बीमाङ्क रकम र आर्जित बोनस तथा बीमित बालबालिकाको मृत्यु वापत बीमाङ्क रकमको २५ प्रतिशत रकम भुक्तानी गरिनेछ र बीमालेख स्वत ः अन्त्य हुनेछ । बीमाअवधिभित्र प्रस्तावकको मृत्यु भएपश्चातबीमितबालबालिकाको समेत मृत्यु भएमाबीमाङ्कको २५(पच्चिस) प्रतिशततथाबीमितबालबालिकाजीवित रहुन्जेल सम्मको आर्जित बोनस वाबीमितले भुक्तानी गरेको बीमाशुल्क रकम(पुरक करार तथा अतिरिक्त बापतको बीमाशुल्क बाहेक)मध्ये जुन रकम बढी हुन्छ, सो  रकम भुक्तानी गरिनेछ र बीमालेख स्वत ः अन्त्य हुनेछ ।  

यस योजनामा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ । सर्मपण मूल्यको गणना नेपाल बीमा प्राधिकरणको स्वीकृत विधि अनुरुप कम्पनीले गर्नेछ । सर्मपण मूल्य प्राप्त भएको बीमालेखमा सर्मपण मूल्यको ९०% वा बीमाङ्क रकमको २५  प्रतिशत रकम तथा आर्जित बोनस मध्ये जुन रकम कम हुन्छ सो रकम ऋणको रुपमा प्राप्त गर्न सकिनेछ । बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा ऋण सुविधाबापत दिइएको रकम  कटाई  बाँकी रकम भुक्तानी गरिनेछ ।

यस योजनामा २१ वर्ष देखिका बीमित प्रस्तावकले  अतिरिक्त बीमाशुल्क तिरेर  ऐच्छिक पुरक करार सुविधाहरु दुर्घटना मृत्यु लाभ सुविधा, दुर्घटनाबाट हुने अपाङ्ग अशक्त बीमाशुल्क छुट सुविधा तथा घातक रोग सुबिधा लिन सकिने छ । बीमाशुल्क भुक्तानी वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक तथा एकल गरी ५ तरिकाबाट गर्न सकिने कम्पनीले जनाएको छ ।  

कार्यक्रममा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.