सोमबार, श्रावण १८,२०८३ 04:30:22
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:30:22
Bizshala
Global IME Bank Limited

मोडेल संख्या घटाउँदै भोल्स्वागेन, लागत कटौती अभियानलाई थप तीव्र बनाउने

मोडेल संख्या घटाउँदै भोल्स्वागेन, लागत कटौती अभियानलाई थप तीव्र बनाउने
New Office

काठमाडौं । जर्मनीको प्रमुख अटोमोबाइल निर्माता समूह भोल्स्वागेनले आफ्नो व्यवसायलाई अझ प्रभावकारी र प्रतिस्पर्धी बनाउन मोडेल तथा भेरियन्टहरूको संख्या घटाउने योजना सार्वजनिक गरेको छ। कम्पनीले उच्च बिक्री हुने सवारीसाधनमा केन्द्रित हुँदै उत्पादन संरचना सरल बनाउने रणनीति अघि सारेको हो।

समूहको वार्षिक साधारणसभामा प्रमुख कार्यकारी अधिकृत ओलिभर ब्लुमीले आगामी वर्षहरू कम्पनीका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै रूपान्तरण कार्यक्रमलाई थप गति दिइने जानकारी दिएका छन्। कम्पनीले सन् २०३० सम्म वार्षिक ६ अर्ब युरोभन्दा बढी लागत बचत गर्ने लक्ष्य राखेको छ।

योजनाअनुसार फक्सवागनले सवारीसाधन निर्माणमा प्रयोग हुने प्लेटफर्म र इलेक्ट्रोनिक आर्किटेक्चरको संख्या पनि घटाउनेछ। यसबाट विकास लागत कम हुनुका साथै नयाँ मोडेल बजारमा ल्याउने प्रक्रिया छिटो हुने कम्पनीको विश्वास छ। साथै, मागभन्दा बढी उत्पादन क्षमता भएका कारखानाहरूको पुनर्संरचना गरिनेछ।

लागत नियन्त्रण कार्यक्रमअन्तर्गत फक्सवागन, अडी, पोर्शे तथा सफ्टवेयर इकाई क्यारिएडमा सन् २०३० सम्म करिब ५० हजार रोजगारी कटौती गर्ने योजना अघि बढाइएको छ। यसमध्ये २८ हजारभन्दा बढी कर्मचारीसँग आवश्यक सहमति भइसकेको कम्पनीले जनाएको छ। जर्मनीस्थित कारखानाहरूमा मात्रै सन् २०२५ मा उत्पादन लागत २० प्रतिशतभन्दा बढी घटाइएको दाबी गरिएको छ।

यसबीच कम्पनीले केही मोडेलहरू बन्द गर्ने निर्णय पनि गरिसकेको छ। अडीले एवान र क्यूटु उत्पादन रोकिसकेको छ भने फक्सवागनको टुरान मिनिभ्यान पनि उत्पादनबाट हटाइएको छ। टी–रक क्याब्रीलोट समेत २०२७ सम्ममा बजारबाट हट्ने अपेक्षा गरिएको छ।

यद्यपि, मोडेल संख्या घटाउने रणनीतिसँगै नयाँ उत्पादन विकासलाई भने कम्पनीले निरन्तरता दिएको छ। समूहले गत वर्ष ३० भन्दा बढी नयाँ मोडेल सार्वजनिक गरेको थियो भने यस वर्ष थप २० नयाँ सवारीसाधन बजारमा ल्याउने तयारी गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.