आईतवार, असार १४,२०८३ 11:27:27
Bizshala
  • आईतवार, असार १४,२०८३ 11:27:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरानद्वारा कुवेत र बहराइनस्थित अमेरिकी शैन्य इलाकामा हमला

Laxmi Sunrise Bank Limited
इरानद्वारा कुवेत र बहराइनस्थित अमेरिकी शैन्य इलाकामा हमला

काठमाण्डौ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर (आईआरजीसी) ले आइतबार बिहान कुवेतस्थित अली अल–सलेम एयरबेस र बहरेनमा रहेको अमेरिकाको पाँचौँ बेडाको मुख्यालयसँग सम्बन्धित आठ स्थानहरूलाई लक्षित गरी आक्रमण गरेको छ।

आईआरजीसीका अनुसार, उक्त आक्रमण संयुक्त अभियानअन्तर्गत गरिएको हो, जसमा ‘ब्यालिस्टिक मिसाइल र ड्रोन’ प्रयोग गरिएको थियो। विज्ञप्तिमा यी आक्रमणहरू हालै भएका अमेरिकी आक्रमणहरूको जवाफस्वरूप गरिएको दाबी गरिएको छ । अमेरिकी अधिकारीहरूले हालसम्म कुनै क्षति वा हताहतबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

New Office
CG Motors
Garima Development Bank

आईआरजीसीले अमेरिकाले पहिले आईआरजीसी नौसेना र एक जहाजसँगको मुठभेडलाई बहाना बनाएर इरानका पाँच तटीय चौकीहरूमा आक्रमण गरेको थियो।

विज्ञप्तिमा इस्लामाबाद सम्झौताको आधारमा इरान स्ट्र्ट अफ हर्मुजमा यातायात नियन्त्रण गर्न जिम्मेवार रहेको समेत उल्लेख गरिनुका साथै अबदेखि आईआरजीसीले ‘उल्लंघनकर्ता’ ठानिने जहाजहरूविरुद्ध अझ कडा कारबाही गर्ने चेतावनी दिइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आईआरजीसीले युद्धविरामको उल्लंघनले इस्लामाबाद सम्झौताको आगामी प्रक्रियाहरू अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ ।

यसअघि कुवेतको सेनाले मिसाइल र ड्रोन आक्रमण गरेको थियो । कुवेतको सेनाको जनरल स्टाफले देशको एयर डिफेन्स प्रणालीले ‘शत्रु’ मिसाइल र ड्रोन आक्रमणहरूको सामना गरिरहेको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.