सोमबार, असार १६,२०८२ 03:36:14
  • सोमबार, असार १६,२०८२ 03:36:14
Global IME Bank Limited

नेप्सेमा १९६० को सपोर्ट जोनमा 'इन्भर्टेड ह्यम्मर क्याण्डल', रिभर्सलको संकेत

Hyundai Nepal
नेप्सेमा  १९६० को सपोर्ट जोनमा 'इन्भर्टेड ह्यम्मर क्याण्डल', रिभर्सलको संकेत
Nabil Bank Limited

काठमाण्डौ । यो साता पनि सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार २ दिन बढ्यो भने २ दिन नै घट्यो । अघिल्लो साता १९७२.१४ मा बन्द भएको बजार यो साता १९६५.९३  को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता दोस्रो बजारमा ६.१४ अंकले बजार घट्यो । अघिल्लो साता बजारमा ५३.५६ अंकको गिरावट आएको थियो ।

 यो साता दोस्रो बजारमा ९.१२  अर्बको कारोबार भयो । अघिल्लो साता भने बजारमा १०.०५ अर्बबराबरको कारोबार भएको थियो ।  यस हिसाबले यो साता नेप्से परिसूचक घट्दा कारोबारमा पनि गिरावट आएको छ । यो साता बजार पूँजीकरण ३१ खर्ब १७ अर्ब रुपैयाँ कायम भएको छ । अघिल्लो साता बजार पूँजीकरण ३१ खर्ब २७ अर्ब थियो । यो साता नेप्से परिसूचकमा गिरावट आँउदा बजार पूँजीकरण पनि १० अर्बले घटेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

क्याण्डल स्टिकको आधारमा  

क्याण्डल स्टिकको विकास १८ औं शताब्दिमा जापानका  एक धान व्यापारी म्युनिहोसा होमाले प्रतिपादन गरेको थिए । पछि १९९१ मा युलाई एक पुस्तकमार्फत प्रकाशित गरिए पछि विश्वभर यसको पय्रोग हुन थालेको हो ।  

नेप्सेको चार्टमा यो साता बनेको क्याण्डललाई साप्ताहिक क्याण्डल स्टिकमार्फत नियाल्दा सपोर्ट जोन १९६० को तहमा इन्भर्टेड ह्याम्मर क्याण्डल बनेको छ । यसलाई उल्टो ह्याम्मर पनि भनिन्छ । यसले सम्भावित बजारको दिशा परिवर्तन अर्थात रिर्भसल लिंदै गरेको संकेत गर्छ ।  

बोलिङगर ब्याण्ड , म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बोलिङगर ब्याण्ड मार्फत नियाल्दा केही समय पहिले मूल्य रेखाले अपर ब्याण्डलाई छोएर खसेको बजारले तल्लो ब्याण्डमा आएको छ । डेली बेसमा हेर्दा यो साताका ४ वटै क्याण्डलहरु तल्लो ब्याण्डमा चलेका छन् । कारोबार तथा भोल्युम पनि बिस्तारै ड्राइ अप हुँदै गएको छ । म्याक्डीमा केही समय पहिले बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम केही छोटा र फिक्का बनेका छन । आरएसआई ओभर सोल्ड जोन नजिक ३५ को तहमा पुगेको छ । समग्रमा तीन वटै विन्दुबाट नियाल्दा बजार करिब–करिब बटमको तहमा पुगेको छ ।  

पिभट् विश्लेषण  

पिभट विश्लेषणमा सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२०७८

प्रतिरोध २ –२०५५

प्रतिरोध १– २०१३

पिभट प्वइन्टः १९९०

घटेमा सपोर्ट  

सपोर्ट १– १९५०

सपोर्ट २– १९२५

सपोर्ट  ३ –१८८५

निष्कर्ष  ः यो साता दोस्रो बजारमा ४  दिनमात्रै सेयर कारोबार भयो । जसमा बजार जम्मा ६ अंकले घट्यो । अघिल्लो साता बाजार ५३.५६ अंकले घटेर बन्द भएको थियो । आरएसआई र मनी फ्लो इन्डेक्स जस्ता इन्डिकेटरबाट नियाल्दा बजार ओभर सोल्ड जोन नजिक आएको देखिन्छ । बजारको बिगतको अवस्थालाई समेत हेर्दा यो साता न्यून विन्दु १९६० मा इन्भर्टेड ह्याम्मर बनेको  देखिन्छ । यो भनेको बजारमा सम्भावित रिभर्सलको संकते हो ।  

यस्तो संकेत अघिल्लो साताको कारोबारमा देखिएको थिएन । अघिल्लो साता भन्दा यो साता बजार घट्ने क्रम पनि घटेको छ । यो साता पिभटमार्फत नियाल्दा बजारले  पिभट् प्वइन्ट १९९० मा प्रतिरोध सामाना गरेको छ । बजारले पहिलो सपोर्ट १९५० मा लियो । यस हिसाबले यो साताको बजारले सपोर्ट जोनमा रिभर्सल प्रकृतिको क्याण्डल बनाएको छ । तर यसको निश्चिनताको लागि भने बजारले आगामी साता १९९० भन्दा माथि बन्द भएर सम्भावित माथिको यात्रा तय गर्नुपर्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.