शुक्रबार, असार २६,२०८३ 11:40:19
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 11:40:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरानले ट्रम्पको हत्या योजना बनाएको भन्दै इजरायली गुप्तचरले दियो अमेरिकालाई सूचना

Laxmi Sunrise Bank Limited
इरानले ट्रम्पको हत्या योजना बनाएको भन्दै इजरायली गुप्तचरले दियो अमेरिकालाई सूचना

काठमाण्डौ । इजरायलले इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने नयाँ योजना बनाएको भन्दै अमेरिकालाई गुप्तचर सूचना उपलब्ध गराएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उक्त सूचना पछिल्लो साता इजरायलले अमेरिकी अधिकारीहरूलाई दिएको हो।

रिपोर्टअनुसार अमेरिकी गुप्तचर निकायहरूले पछिल्ला केही सातादेखि इरानसँग सम्बन्धित सम्भावित आक्रमणका संकेतहरू निगरानी गरिरहेका थिए। तर इजरायलले दिएको चेतावनी भने एउटा विशेष योजनासँग सम्बन्धित रहेको बताइएको छ। अमेरिकी अधिकारीहरूले उक्त सूचनाको स्वतन्त्र पुष्टि भने गरिसकेका भने छैनन् ।

New Office
CG Motors
Garima Development Bank

अमेरिकाले यसअघि पनि इरानबाट ट्रम्पमाथि सम्भावित प्रतिशोधात्मक आक्रमणको जोखिम रहेको चेतावनी दिँदै आएको थियो। यसको सम्बन्ध सन् २०२० मा तत्कालीन अमेरिकी प्रशासनले गरेको ड्रोन आक्रमणमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि उत्पन्न तनावसँग जोडिएको बताइन्छ।

राष्ट्रपति ट्रम्पले पछिल्लो समय आफू इरानको निशानामा रहेको दाबी गर्दै आएका छन्। उनले इरानी नेतृत्वले आफूलाई लक्षित गर्न सक्ने बताएका छन्। यद्यपि, इजरायलबाट प्राप्त भनिएको नयाँ सूचनामा उल्लेखित योजनाको विस्तृत विवरण सार्वजनिक भएको छैन।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैबीच, अमेरिका र इरानबीचको तनाव पुनः बढिरहेका बेला उक्त चेतावनी आएको हो। दुवै देशबीच युद्धविराम र कूटनीतिक प्रयासहरू कमजोर बन्दै गएको अवस्थामा सुरक्षा चिन्ता थप बढेको छ।

केही अमेरिकी अधिकारीहरूले भने इजरायलले दिएको सूचनालाई इरानसम्बन्धी अमेरिकी नीतिमा प्रभाव पार्ने प्रयासको रूपमा पनि हेर्न सकिने बताएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानप्रति कडा नीति अपनाउनुपर्ने धारणा राख्दै आएका छन् भने ट्रम्प प्रशासनले कूटनीतिक विकल्पलाई पनि खुला राखेको बताइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.