बिहीबार, श्रावण ७,२०८३ 04:42:51
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 04:42:51
Bizshala
Global IME Bank Limited

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप
New Office

काठमाण्डौ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८३’ को मिति घोषणा भएको छ । बुधबार मञ्चले काठमाण्डौमा एक कार्यक्रम गर्दै अवार्डको २३औं संस्करण भदौ १८ गते नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’ मा गर्ने घोषणा गरेको हो ।

अवार्डको लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता पनि गरेको छ ।

सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे । दुईबीच अघिल्लो वर्ष नै पाँच वर्षका लागि सम्झौता भएको थियो । जुन दोस्रो वर्षमा चलिरहेको छ । गोल्छा ग्रुप लगातार १९औं पटक यस अवार्डसँग जोडिएको हो ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले लगातार अवार्डसँग जोडिन पाउँदा खुसी भएको बताउँदै नेपाली खेलकुदको स्तरवृद्धि गर्न आफूहरु निरन्तर लागिपरेको जानकारी गराए । ‘नेपाल खेलकुद पत्रकार मञ्चसँग गोल्छा ग्रुप लगातार १९ वर्ष को यात्रा निरन्तरता दिँदा हामी गर्व गर्दछौँ । खेल क्षेत्रमा योगदान पु¥याउने खेलाडी, प्रशिक्षक तथा अन्य व्यक्तित्वहरूलाई प्रोत्साहन गर्दै खेलकुदको स्तरोन्नतीतर्फ गोल्छा ग्रुप तत्पर रहेको छ । र नेपाल खेलकुद पत्रकार मञ्चसँगको सहकार्यमा यो अवार्ड अझै प्रभावकारी र उल्लेखनीय हुनेमा हामी विश्वस्त छौँ ।’

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष अधिकारीले नेपालको औद्योगिक, व्यापारिक र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको गोल्छा ग्रुपजस्तो नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित व्यावसायिक घरानासँग निरन्तर हातेमालो गर्दा अवार्डलाई झनै व्यवस्थित गर्न र निरन्तरता दिन सहज भएको बताउँदै गोल्छा ग्रुपलाई धन्यवाद दिए ।

मञ्चका महासचिव अञ्जन खड्काले पल्सर स्पोट्र्स अवार्ड २०८३ मा ९ विधामा अवार्ड प्रदान गरिने जानकारी गराएका छन् । त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड,  पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेको छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने पनि महासचिव खड्काले जानकारी गराए । यसका लागि मञ्चको खेलाडी छनोट समितिले तयारी सुरु गरिसकेको छ । मनोनयनमा ५–५ जना रहने प्रावधान छ ।

लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड विधाको विजेताको घोषणा अवार्डकै दिन हुनेछ । भोटिङमार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयन छिटै सार्वजनिक गरिने महासचिव खड्काले जानकारी गराएका छन् ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

यसैगरी, पल्सर स्पोट्र्स अवार्ड २०८३ लाई सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । साथै अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।

गत वर्ष पुरुषतर्फ क्रिकेटका दीपेन्द्र सिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पुजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामाले अवार्ड जितेका थिए । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए ।

स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसी कुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङदेम्बे, एसियन स्पोट्र्स जर्नालिस्ट अवार्डबाट बगलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाटलाई सम्मानित गरिएको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.