आईतवार, आश्विन २५,२०८३ 06:04:26
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 06:04:26
Bizshala
Global IME Bank Limited

आइतवार ‘सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

Bizshala
आइतवार ‘सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
New Office

काठमाण्डौ । प्रविधिको भविष्यलाई नजिकबाट अनुभव गराउने उद्देश्यसहित सनवेइयन्स इनोभेसन फेस्ट २०२६ आयोजना हुने भएको छ। विद्यार्थी, प्रविधिप्रेमी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका विज्ञहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्यका साथ आयोजना हुन लागेको यो कार्यक्रम यहि साउन १० गते अनुपम फुडल्याण्ड, बत्तीसपुतलीमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

आयोजकका अनुसार इनोभेसन फेस्टले कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकासका विविध पक्षलाई एउटै प्लेटफर्ममा समेट्नेछ। कार्यक्रममा सहभागीहरूले अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव लिनुका साथै विभिन्न कार्यशाला, छलफल, प्रतियोगिता तथा प्रदर्शनीमा सहभागिता जनाउन सक्नेछन्।

कार्यक्रमको प्रमुख आकर्षणमध्ये रोबोटिक्स तथा ड्रोन वर्कसप रहनेछ, जहाँ सहभागीहरूले अत्याधुनिक रोबोट र ड्रोन प्रविधिलाई प्रत्यक्ष रूपमा अवलोकन गर्नुका साथै त्यसको प्रयोगात्मक अभ्यास गर्ने अवसर प्राप्त गर्ने सन्वे कलेजका प्रिन्सिपल खुशल रेग्मीले जानकारी दिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी, पछिल्लो समय चर्चामा रहेको भाइब कोडिङ वर्कसप तथा प्रतियोगिता पनि कार्यक्रमको विशेष आकर्षण हुनेछ। यसमार्फत सहभागीहरूले आधुनिक एआई उपकरणको प्रयोग गर्दै छिटो, प्रभावकारी तथा सिर्जनात्मक रूपमा सफ्टवेयर विकास गर्ने सीप सिक्ने अवसर पाउनेछन्।

कार्यक्रममा एआईको बढ्दो प्रभावबारे केन्द्रित विभिन्न प्यानल छलफलसमेत आयोजना गरिनेछ। एआई इन जर्नालिजम तथा फिजिकल एआई विषयमा हुने छलफलमा सञ्चार, प्रविधि तथा अनुसन्धान क्षेत्रका विज्ञहरूले एआईले पत्रकारिता, उद्योग तथा दैनिक जीवनमा ल्याइरहेको परिवर्तनबारे आफ्ना अनुभव र दृष्टिकोण सार्बजनिक गर्नेछन्।

त्यसैगरी एआई फर प्रोडक्टिभिटी तथा एआई टक सिरिज अन्तर्गत बौद्धिक सम्पत्ति अधिकार ९आईपी ल०, डाटा प्राइभेसी तथा स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग, सम्भावना र चुनौतीबारे विशेषज्ञहरूबीच विस्तृत अन्तरक्रिया हुनेछ। एआइ एसोसिसिएसन अफ नेपाल, रोबोटिक्स एसोसियसन, फिनटेक एसोसिएसन, नामी नागायतका सस्थाहरुको सहकार्यमा एआइसम्वन्धि सेसन र वर्कसपहरु सन्चालन हुनेछन् ।

विद्यार्थीहरूको सिर्जनशीलता र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले स्टुडेन्ट इनोभेसन शोकेस पनि आयोजना गरिनेछ। यस अन्तर्गत अन्तिम वर्षका परियोजना, पहिलो वर्षका नवीन अवधारणा, अनुसन्धान परियोजना तथा रेन प्रोजेक्ट लगायतका नवप्रवर्तनात्मक कार्यहरू प्रदर्शन गरिनेछन्। यसले विद्यार्थीहरूलाई आफ्ना अनुसन्धान र परियोजनालाई उद्योग, विज्ञ तथा अन्य सहभागीमाझ प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।

विद्यार्थी तथा युवा जनशक्तिको करिअर विकासलाई लक्षित गर्दै करिअर काउन्सिलिङ र मक इन्टरभ्यु सत्रसमेत सञ्चालन हुनेछ। यसमार्फत सहभागीहरूले उद्योगका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै रोजगारीका अवसर, अन्तर्वार्ता तयारी तथा करिअर विकाससम्बन्धी उपयोगी सुझाव प्राप्त गर्न सक्नेछन्।

प्रविधिमात्र नभई मनोरञ्जनलाई समेत प्राथमिकतामा राखिएको यस कार्यक्रममा विभिन्न फुड स्टल, इन्टरएक्टिभ गेम, फोटो बुथ लगायतका गतिविधिहरू पनि रहनेछन्, जसले सहभागीहरूलाई सिकाइसँगै मनोरञ्जनको अनुभव प्रदान गर्नेछ।

आयोजकले विद्यार्थी, प्रविधिप्रेमी, स्टार्टअप, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि तथा नवप्रवर्तनमा रुचि राख्ने सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। कार्यक्रममा सहभागी हुनका लागि पोस्टरमा रहेको क्यूआर कोड स्क्यान गरी अनलाइन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.