आईतवार, श्रावण १०,२०८३ 05:49:19
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:49:19
Bizshala
Global IME Bank Limited

चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ देखि सञ्चालनमा आउने

चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ देखि सञ्चालनमा आउने
New Office

काठमाण्डौ । नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार डटकम यही साउन १३ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। उत्पादकदेखि उपभोक्तासम्मको आपूर्ति शृंखलालाई छोटो बनाउँदै गुणस्तरीय वस्तु उचित र पारदर्शी मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित प्लेटफर्म सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ।

चाइनाबजारका अनुसार नेपालमा आयातित वस्तुहरू परम्परागत रूपमा आयातकर्ता, थोक विक्रेता र वितरक हुँदै उपभोक्तासम्म पुग्ने गरेका छन्। यस बहु–तहको आपूर्ति प्रणालीका कारण वस्तुको मूल्य बढ्ने र आपूर्तिमा अनिश्चितता देखिने अवस्थालाई सम्बोधन गर्न नयाँ व्यवसायिक मोडल अपनाइएको कम्पनीको भनाइ छ।

चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तुति श्रेष्ठका अनुसार कम्पनीले तेस्रो पक्षका विक्रेता वा आयात एजेन्टमा निर्भर नभई चीनका उत्पादकबाट प्रत्यक्ष वस्तु छनोट तथा खरिद गर्नेछ। खरिद गरिएका सामग्री कम्पनीकै व्यवस्थापनअन्तर्गत नेपाल भित्र्याउने, भण्डारण गर्ने र आफ्नै वितरण प्रणालीमार्फत ग्राहकसम्म पुर्‍याउने योजना रहेको उनले बताइन्।

कम्पनीका अनुसार एकीकृत आपूर्ति व्यवस्थापन प्रणालीका कारण ढुवानी समय घटाउन, लागत नियन्त्रण गर्न र ग्राहकलाई प्रतिस्पर्धी मूल्यमा सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ। बजारमा आपूर्ति उतारचढाव भए पनि नियमित सेवा प्रदान गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

‘इन्जोय योर सपिङ’ नारासहित सुरु हुन लागेको चाइनाबजारले प्रारम्भिक चरणमा विद्युतीय सामग्री, फेसन, जीवनशैली सामग्री तथा स्वास्थ्य र सौन्दर्यसम्बन्धी उत्पादन बिक्री गर्नेछ। आगामी दिनमा उत्पादनको क्षेत्र विस्तार गर्दै जाने कम्पनीको योजना छ।

ग्राहकले ई–सेवा र खल्तीमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्। कम्पनीले आफ्नै गोदाम तथा वितरण प्रणालीमार्फत आवश्यक मौज्दात व्यवस्थापन गरी छिटो र भरपर्दो सेवा उपलब्ध गराउने जनाएको छ।

सीईओ श्रेष्ठले नेपालको डिजिटल अर्थतन्त्र विस्तार भइरहेको र चीनसँगको व्यापारिक सम्बन्ध पनि थप मजबुत बन्दै गएको अवस्थामा चाइनाबजारले दुवै क्षेत्रलाई जोड्ने लक्ष्य राखेको बताइन्। कम्पनीले आगामी चरणमा देशभर वितरण सञ्जाल विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।

चाइनाबजार डटकम साउन १३ गतेदेखि आफ्नो आधिकारिक वेबसाइटमार्फत सञ्चालनमा आउनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.