मंगलवार, श्रावण १२,२०८३ 09:02:01
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 09:02:01
Bizshala
Global IME Bank Limited

सर्वोच्चको फैसलापछि प्रिमियमा आईपीओ बेचेका बीमा कम्पनीको अर्बौं रुपैयाँ के होला ?

सर्वोच्चको फैसलापछि प्रिमियमा आईपीओ बेचेका बीमा कम्पनीको अर्बौं रुपैयाँ के होला ?
New Office

काठमाण्डौ । सर्वोच्च अदालतको फैसलाले प्रिमियम मूल्यमा आईपीओ जारी गरेका बीमा कम्पनीहरूको वित्तीय व्यवस्थापनमा नयाँ कानुनी दायित्व थपिएको छ ।  

अदालतले प्रिमियम मूल्यमा आईपीओ बेचेका चार बीमा कम्पनीले सेयर निष्कासन गर्दा अंकित मूल्यभन्दा बढी रकम लिनु बीमा ऐन, २०७९ को व्यवस्थाविपरीत भएको सर्वोच्चले ठहर गरेको छ ।  

नेपाल धितोपत्र बोर्डका अनुसार हालसम्म हिमालयन रि–इन्स्योरेन्स, सन नेपाल लाइफ, आइएमई लाइफ, रिलायबल नेपाल लाइफ र सिटिजन लाइफले प्रिमियम मूल्यमा आईपीओ जारी गरेका थिए । ती कम्पनीहरूले प्रतिकित्ता क्रमशः २०६ रुपैयाँ, २३९ रुपैयाँ, २३६ रुपैयाँ, २५७ रुपैयाँ र २४४ रुपैयाँका दरले सर्वसाधारणलाई सेयर बिक्री गरेका थिए ।

र्वोच्चको फैसलापछि अब प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका सबै बीमा कम्पनीले उठाएको अतिरिक्त रकम अदालतको व्याख्याअनुसार छुट्टै जगेडा कोषमा राख्नुपर्ने भएको छ ।

फैसलाको पूर्णपाठमा बीमा ऐनलाई विशेष कानुनका रूपमा व्याख्या गर्दै, यसले सर्वसाधारणलाई अंकित मूल्यमा मात्र सेयर जारी गर्नुपर्ने व्यवस्था गरेको अवस्थामा धितोपत्र दर्ता तथा निष्कासन नियमावलीका आधारमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति दिनु कानुनको मर्मविपरीत हुने उल्लेख गरिएको छ ।

अदालतको फैसला आएपछि प्रिमियम मूल्यमा आईपीओ जारी गरेका सबै कम्पनीलाई बीमा प्राधिकरणले प्रिमियमबाट उठेको रकम कम्पनीको जगेडा कोषमा सञ्चित गर्न निर्देशन दिइसकेको छ । पूर्णपाठको अध्ययनपछि लेखांकन र रकम व्यवस्थापनसम्बन्धी थप निर्णय गरिने प्राधिकरणले जनाएको छ ।  

प्रिमियम आईपीओको अर्बौं रुपैयाँ जगेडा कोषमा

नेपाल बीमा प्राधिकरणले २०८० साल पुषमै प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने बीमा कम्पनीहरूलाई प्रिमियमबाट संकलित रकम छुट्टै जगेडा कोषमा राख्न र त्यसलाई लाभांश वितरण वा अन्य प्रयोजनमा प्रयोग नगर्न लिखित निर्देशन दिएको थियो । प्राधिकरणका अनुसार सो निर्देशन हालसम्म पूर्ण रूपमा कार्यान्वयनमा रहेको छ ।  

अदालतको फैसलाले यस्तो रकम अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाउने र कम्पनीको जगेडा कोषमै सञ्चित राख्नुपर्ने भएबमोजिम प्राधिकरणले प्रिमियमा आईपीओ जारी गरेका कम्पनीहरुलाई पुनः सुसूचित गराएको छ ।  

प्राधिकरणकाअनुसार सबै सम्बन्धित कम्पनीहरूले प्रिमियमबाट उठेको रकम जगेडा कोषमा संचित गरिसकेका छन् । हिमालयन रि–इन्स्योरेन्सले करिब ३ अर्ब १८ करोड रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ६२ करोड रुपैयाँ तथा आइएमई लाइफले १ अर्ब ६४ करोड २९ लाख २० हजार रुपैयाँ जगेडा कोषमा राखेका छन् ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.