मंगलवार, श्रावण १२,२०८३ 07:42:36
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 07:42:36
Bizshala
Global IME Bank Limited

‘भाडा उठाउनेदेखि तिर्नेसम्मको झन्झट अन्त्य गर्ने ‘भाडासेवा’ बजारमा, घरधनी र भाडावालाका लागि एउटै डिजिटल समाधान

‘भाडा उठाउनेदेखि तिर्नेसम्मको झन्झट अन्त्य गर्ने ‘भाडासेवा’ बजारमा, घरधनी र भाडावालाका लागि एउटै डिजिटल समाधान
New Office

काठमाण्डौ । नेपालमा घर, फ्ल्याट, सटर, कार्यालय, अपार्टमेन्ट तथा व्यावसायिक भवनको व्यवस्थापन अझै पनि अधिकांश स्थानमा कागजी अभिलेख, डायरी वा एक्सेल फाइलमा सीमित छ । कतिपयले सामान्य एकाउन्टिङ सफट्वेयर प्रयोग गरेपनि त्यसले पूर्ण रुपमा डिजिटलाइज गर्न सकेको अवस्था छैन ।

यसले भाडा उठाउन ढिलाइ, हिसाब–किताबमा त्रुटि, सम्झौता व्यवस्थापनमा कठिनाइ तथा सम्पूर्ण सञ्चालन प्रक्रियालाई झन्झटिलो बनाउने गरेको छ ।

यही चुनौतीलाई समाधान गर्न एजिनेक्स क्लाउडले नेपाली बजारमा आफ्नो नयाँ क्लाउड–आधारित प्रडक्ट ‘भाडासेवा’ सार्वजनिक गरेको छ । ‘व्यवस्थित र सुमधुर सम्बन्धका लागि भाडा सेवा’ भन्ने नारासहित बजारमा आएको यो प्रणाली व्यवसायिक सम्पत्तिको सम्पूर्ण व्यवस्थापनका लागि विकसित गरिएको एकीकृत डिजिटल समाधान हो ।

साना घरधनीदेखि ठूला अपार्टमेन्ट, सपिङ मल, व्यवसायिक कम्प्लेक्स, बजार तथा प्रपर्टी व्यवस्थापन कम्पनीसम्मलाई लक्षित गरी तयार गरिएको ‘भाडासेवा’ले एउटै प्लेटफर्मबाट सम्पूर्ण व्यवस्थापन गर्न सकिने सुविधा प्रदान गर्छ ।

सम्पूर्ण सम्पत्ति व्यवस्थापन अब एउटै प्रणालीमा

‘भाडासेवा’को प्रपर्टी एण्ड युनिट म्यानेजमेन्ट सुविधाले भवन, ब्लक, तला तथा प्रत्येक कोठा वा सटरको डिजिटल अभिलेख राख्छ । कुन युनिट खाली छ, कुन भाडामा छ, सम्झौता कहिले सकिन्छ, कति आम्दानी भइरहेको छ भन्ने सम्पूर्ण जानकारी रियल–टाइममै हेर्न सकिन्छ ।

भाडावालाको सम्पूर्ण विवरण सुरक्षित

भाडावाल व्यवस्थापन (टेनान्ट म्यानेजमेन्ट) प्रणालीमार्फत प्रत्येक भाडावालाको डिजिटल प्रोफाइल, प्रवेश तथा बहिर्गमन विवरण, सम्पर्क, सम्झौता अवधि र सम्पूर्ण इतिहास सुरक्षित राख्न सकिन्छ । यसले व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाउँछ ।

डिजिटल सम्झौता र सुरक्षित अभिलेख

अब कागजी सम्झौता बोकेर हिँड्नुपर्ने आवश्यकता पर्दैन । डिजिटल सम्झौता सुविधाले भाडा सम्झौता तयार गर्ने, पठाउने, डिजिटल हस्ताक्षर गर्ने तथा सुरक्षित रूपमा अभिलेख राख्ने सुविधा प्रदान गर्छ ।

भाडा उठाउनेदेखि डिजिटल भुक्तानीसम्म

रेन्ट इन्भोइस र भुक्तानी प्रणालीले मासिक भाडाको बिल स्वतः तयार गर्छ, डिजिटल भुक्तानीको सुविधा दिन्छ, भुक्तानी ट्र्याक गर्छ र रसिदसमेत स्वचालित रूपमा उपलब्ध गराउँछ ।

बिजुली–पानीको बिल पनि स्वचालित

युटिलिटी बिलिङ सुविधाले बिजुली, पानी लगायतका युटिलिटी मिटरको रिडिङ राख्ने, बिल गणना गर्ने तथा भाडासँगै एकीकृत रूपमा बिलिङ गर्ने सुविधा उपलब्ध गराउँछ ।

साझा खर्चको पारदर्शी व्यवस्थापन

अपार्टमेन्ट तथा व्यवसायिक भवनका साझा क्षेत्रको खर्च व्यवस्थापनका लागि सिएएम चार्जेज प्रणालीले साझा मर्मत तथा सञ्चालन खर्चको स्वचालित हिसाब र बिलिङ गर्छ ।

मर्मतसम्भारको सम्पूर्ण रेकर्ड

भवनमा देखिएका समस्या, मर्मतको अनुरोध, जिम्मेवारी तोक्ने, कामको प्रगति हेर्ने तथा सम्पन्न भएको विवरण राख्ने सुविधा मेन्टिनेन्स् म्यउानेजमेन्टमा उपलब्ध हुनेछ ।

खर्चदेखि आम्दानीसम्मको विस्तृत रिपोर्ट

रिपोर्ट र एनालाइसिसले आम्दानी, खर्च, भाडा संकलन, युनिटको अवस्था, आर्थिक विश्लेषण तथा व्यवसाय सञ्चालनसम्बन्धी विस्तृत रिपोर्ट तयार गर्छ । यसले तथ्यमा आधारित निर्णय लिन सहज बनाउँछ ।

कर्मचारी व्यवस्थापन पनि सहज

स्टाफ एण्ड रोल्स् सुविधाले कर्मचारीलाई फरक–फरक जिम्मेवारी र पहुँच प्रदान गर्ने भएकाले सुरक्षा तथा व्यवस्थापन दुवै प्रभावकारी बन्छ ।

हरेक सूचना समयमै

भाडा तिर्ने मिति, सम्झौता नवीकरण, बिल जारी, मर्मतसम्भार वा अन्य आवश्यक सूचनाहरू पुस नोटिपिकेसन, एसएमएस, इमेल तथा इन एप नोटिफिकेशन मार्फत सम्बन्धित व्यक्तिसम्म पुग्ने व्यवस्था गरिएको छ ।

मोबाइलमै सम्पूर्ण नियन्त्रण

‘भाडासेवा’ कम्प्युटर, ट्याबलेट र मोबाइलमा समान रूपमा सञ्चालन गर्न सकिने भएकाले जहाँबाट पनि सम्पूर्ण व्यवस्थापन गर्न सकिन्छ ।

सुरक्षित डेटा र नियमित ब्याकअप

प्रणालीमा राखिएका सम्पूर्ण विवरण सुरक्षित रूपमा इन्क्रिप्ट हुने तथा नियमित ब्याकअप हुने भएकाले डेटा हराउने जोखिम न्यून हुन्छ ।

भाडासेवाका प्रमुख विशेषतामा भाडा व्यवस्थापन,सटर तथा युनिट व्यवस्थापन, डिजिटल सम्झौता, डिजिटल तथा अनलाइन भुक्तानी, ब्याकअप तथा सुरक्षित डेटा, सूचना तथा सञ्चार सुविधा, कर्मचारी व्यवस्थापन, सहज अनुगमन तथा रिपोर्टिङ, मर्मतसम्भार व्यवस्थापन, कार्यक्रम तथा इभेन्ट बुकिङ जस्ता प्रमुख सुविधा रहेका छन् ।

कसका लागि उपयोगी ?

‘भाडासेवा’ विशेषगरी  सपिङ मल तथा रिटेल स्पेस व्यवस्थापन, आवासीय अपार्टमेन्टको भाडा तथा युनिट व्यवस्थापन, पसल, मार्केट तथा व्यवसायिक स्पेस व्यवस्थापन, तरकारी, किराना तथा दैनिक उपभोग्य वस्तुको बजार (मण्डी) व्यवस्थापन जस्ता क्षेत्रका लागि उपयोगी हुन्छ ।

डिजिटल नेपालतर्फ अर्को पाइला

एजिनेक्स क्लाउडका अनुसार ‘भाडासेवा’ केवल एउटा सफ्टवेयर मात्र होइन, नेपालमा घरभाडा तथा व्यवसायिक सम्पत्ति व्यवस्थापनलाई डिजिटल, पारदर्शी, सुरक्षित र आधुनिक बनाउने अभियान हो । समय, लागत र श्रम बचत गर्दै सम्पूर्ण व्यवस्थापनलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्यका साथ विकसित गरिएको यो प्रणालीले नेपालमा प्रपर्टी म्यानेजमेन्टको अभ्यासलाई नयाँ उचाइमा पुर्याउने विश्वास कम्पनीले लिएको छ ।

‘व्यवस्थित र सुमधुर सम्बन्धका लागि भाडा सेवा’ भन्ने अवधारणालाई व्यवहारमा उतार्दै एजिनेक्स क्लाउड ले नेपाली बजारमा आधुनिक, भरपर्दो र प्रयोगमैत्री समाधानका रूपमा ‘भाडासेवा’ उपलब्ध गराएको जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.