काठमाण्डौ । गत आवको चौथो त्रैमाससम्म सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद बीमाशुल्क आर्जन १२ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ११ अर्ब १८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।
बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको खुद नाफा समेत वृद्धि भएको छ । कम्पनीले ३८ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ३५ करोड २ लाखको तुलनामा ८.५४ प्रतिशतले बढी हो ।
कम्पनीको खुद दाबी भुक्तानी पनि वृद्धि भएको छ । अघिल्लो आवसम्म ११ अर्ब ९६ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने १३ अर्ब ६४ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च १४ अर्ब ५२ करोडबाट बढेर १६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको कुल आम्दानी १७ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा गिरावट आएको छ । अघिल्लो आवमा ९२ करोड ३६ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ घटेर ६० करोड ९२ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ४५ करोड ८० लाख रुपैयाँबराबरको रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.५९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२२.६८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२१६.२३ रुपैयाँ र पीई अनुपात ५४.४४ गुणा कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।