आईतवार, आश्विन २५,२०८३ 06:03:05
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 06:03:05
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई हेल्थी च्वाइस एस्थेटिक हस्पिटलमा २० प्रतिशतसम्म छुट

Bizshala
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई हेल्थी च्वाइस एस्थेटिक हस्पिटलमा २० प्रतिशतसम्म छुट
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र बालुवाटार, काठमाण्डौस्थित हेल्थी च्वाइस एस्थेटिक हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारी अनुसार ग्राहकहरुले उक्त हस्पिटलमा सेवा लिँदा विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

ग्राहकहरुले हेयर ट्रान्सप्लान्टेसन एण्ड रेस्ट्रोरेसन, डरमाटोलोजी एण्ड स्किन ट्रिटमेन्ट, एस्थेटिक एण्ड बडी स्लिमिङ अन्तर्गतका हस्पिटलले प्रदान गर्ने विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी, प्लाष्टिक सर्जरी अन्तर्गतका सेवाहरुमा ५ हजारदेखि १० हजारसम्मको छुट सुविधा उपलब्ध रहेको छ भने औषधि, युएसजी, टीएमटी, ईसीजी जस्ता सेवाहरुमा १० प्रतिशतको सुविधा उपयोग गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् । 

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.