काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १.३१ प्रतिशतले बढी हो ।
कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म ६ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा २०.९६ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीको खुद बीमाशुल्क आर्जन ५ अर्ब १७ करोड रुपैयाँ थियो । कम्पनीको कुल आम्दानी पनि ६ अर्ब ६१ करोडबाट बढेर ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीको कुल खर्च पनि ६ अर्ब २४ करोडबाट बढेर ७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब ५२ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ४ अर्ब ८४ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो ।
कम्पनीको महाविपत्ती कोषको आकार १४ करोड ८५ लाख रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ४२ करोड ८२ लाख र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.०८ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११६.५८ रुपैयाँ र पीई अनुपात ६१.२० गुणा कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।