काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा ६४.५५ प्रतिशतको गिरावट आएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवको सोहि अवधिसम्म भने १७ करोड ८० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ३३ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा ७.९० प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्ममा १ अर्ब २३ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको कुल आम्दानी १ अर्ब ८० करोड रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्म कम्पनीले ९७ करोड ३० लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ८४ करोड १३ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो ।
यस्तै कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १ अर्ब ६३ करोड कुल खर्च गरेको थियो । कम्पनीको महाविपत्ती कोषको आकार ४ करोड ९७ लाख र रिटेन्ड अर्निङ १४ करोड ३९ लाख रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)घटेको छ । कम्पनीको ईपीएस ७.७१ रुपैयाँबाट घटेर २.७३ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १८८.०१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९१.९५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५८.६१ गुणा कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।